default_image

4 years ago

December 28, 2021

रुट सहित चार क्रिकेटर वर्ष उत्कृष्ट टेस्ट खेलाडीको मनोनयनमा

229 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुट सहित चार खेलाडी आइसिसी पुरुष टेस्ट प्लेयर अफ द इयर २०२१ को मनोनयन सूचिमा परेका छन् । आइसिसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा रुटसँगै न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन, भारतका स्पिनर रविचन्द्रन आश्विन र श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने छन् ।

जो रुटले २०२१ मा १५ टेस्ट खेलमा ६ शतक सहित १ हजार ७ सय ८ रन बनाएका थिए । टेस्ट इतिहासमा एकै वर्ष सर्वाधिक रन बनाउने खेलाडीमा रुट तेस्रो स्थानमा छन् । एक वषै रुटअघि पाकिस्तानका मोहम्मद युसुफले २००६ मा १ हजार ७ सय ८८ रन र वेस्टइन्डिजका भिभ रिचर्ड्सले १९७६ मा १ हजार ७ सय १० रन बनाएका थिए ।

रुटले भारतसँगको चार टेस्ट मध्य पहिलो खेलमा चेन्नईमा २ सय १८ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । त्यसअघि श्रीलंकाविरुद्ध जनवरीमा पहिलो टेस्टमा २ सय २८ र दोस्रो टेस्टमा १ सय ८६ रनको इनिङ खेलेका थिए ।

भारतीय स्पिन अलराउन्डर आश्विनले यस वर्ष ८ खेलमा ५२ विकेट लिनुको साथै ३ सय ३७ रन बनाएका थिए । जसमा एक शतक सामेल थियो । घरेलु मैदानमा इंग्ल्यान्डसँगको चार टेस्ट सिरिज ३–१ ले जित्न आश्विनले ३२ विकेट लिएका थिए । इंग्ल्यान्डसँग दोस्रो टेस्ट खेलमा आश्विनले दोस्रो इनिङमा १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए ।

न्युजिल्यान्डलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जिताउन जेमिसनले सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । तीव्र गतिका बलिङ अलराउन्डर जेमिसनले ५ खेलमा २७ विकेट लिएका थिए ।

न्युजिल्यान्डले भारतलाई फाइनलमा ८ विकेटले हराउँदै उपाधि जित्न जेमिसनले उत्कृष्ट अलराउन्ड प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । उक्त फाइनलमा पहिलो इनिङमा ५ र दोस्रोमा ३ विकेट लिएका थिए । जनवरीमा पाकिस्तानसँगको दोस्रो टेस्ट खेलमा पहिलो इनिङमा ५ र दोस्रोमा ६ विकेट लिएका थिए ।


दिमुथ करुणारत्नेले २०२१ मा ७ खेलमा ४ शतक सहित ९ सय २ रन बनाएका थिए । करुणारत्नेले बंगलादेशसँगको पहिलो टेस्ट खेलमा २ सय ४४ रनको दोहोरो र दोस्रो खेलमा १ सय १८ रनको शतकीय इनिङ खेलेका थिए । जनवरीमा दक्षिण अफ्रिकालाई १० विकेटले हराउन करुणारत्नेले दोस्रो इनिङमा १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए ।

विजेता घोषणा आइसिसीको भोटिङ एकेडेमी, विश्वव्यापी क्रिकेट पत्रकार, बोडकास्टहरुले पहिलो, दोस्रो र तेस्रो रोजाईमा भोट गर्नेछन् । त्यस्तै समर्थहरुले पनि भोट गर्न पाउनेछन् । आइसिसीले विभिन्न विधाका अवार्डहरु सार्वजनिक गर्नेछ । नेपाली खेलाडीहरुको लागि भने आइसिसी पुरुष र महिला एसोसियट क्रिकेटर अफ द इयर अवार्डमा सम्भावना हुनेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.