default_image

4 years ago

December 29, 2021

सन्दीपद्धारा जारी बिग ब्यासकै उत्कृष्ट प्रदर्शन

205 views

0 Bookmark

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा मेलबर्न रेनेगड्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् । लगातार तीन खेलको विकेट विहीन यात्रामा पूर्णविराम लगाउँदै सन्दीपले मेलबर्न रेनेगड्सविरुद्ध जारी बिग ब्यासकै उत्कृष्ट प्रदर्शन गरेका हुन् । होबार्टले मेलबर्न रेनेगड्सलाई ८५ रनले पराजित गरेको छ ।

२ सय ७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न १५.५ ओभरमा १ सय २१ रनमा अल आउट भयो । उसका लागि साम हार्परले ३५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । ज्याक फ्रेजरले २१ र रिस टोपलीले १४ रन बनाए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीपले ३.५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए । थोमस रेजर्सले ३ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो । होबार्टका ओपनर बेन म्याकडर्मोटले ६५ बलमा ९ चौका र ९ छक्कासहित १ सय २७ रनको शतकीय इनिङ खेले । उनको लगातार दोस्रो शतक हो । यसअघि उनले मेलबर्न स्टार्ससँग १ सय १० रनको शतकीय इनिङ खेलेका थिए । टिम डेविडले ९ बलमा १ चौका र ४ छक्कासहित ३० रनमा अविजित रहे । रिस टोपलीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।


यस्तो रह्यो सन्दीपको प्रदर्शन

होबार्टले सन्दीपलाई छैटौं ओभरमा बलिङमा ल्याएको थियो । पहिलो बलमै ज्याक फ्रेजरलाई दुई रन दिए । दोस्रो, तेस्रो र चौथो बलमा एक एक रन दिए । पाँचौं बलमा साम हार्परले दुई र अन्तिम बलमा डिप मिड विकेटमा छक्का प्रहार गरे ।

आठौं ओभरको पहिलो बलमा हार्परले एक रन लिए । सन्दीपको दोस्रो बलमा डार्सी शर्टबाट फ्रेजरलाई २१ रनमा क्याच आउट गराए । योसँगै सन्दीपको लगातार तीन खेलको विकेट विहीन यात्रा सकिएको थियो । तेस्रो बलमा एक रन दिए । चौथो बलमा मोहम्मद नाबीले डट खादा पाँचौं बलमा दुई रन बटुले । लगत्तै वाइड फ्याल्दा अन्तिम बलमा मोहम्मद नाबीलाई शर्टबाटै क्याच आउट गराए । सन्दीपले एकै ओभरमा दुई विकेट लिए ।

दशौं ओभरको पहिलो बलमा सन्दीपले ज्याक प्रेस्टविजलाई डट र दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा हार्परले चौका प्रहार गरे । बाँकी तीन बलमा सन्दीपले एक एक रन खर्चिए ।

१६ औं ओभरको पहिलो बलमा टोपलीले सन्दीपलाई चौका प्रहार गरे । दोस्रो बलमा डट र तेस्रो बलमा एक रन खर्चिए । चौथो बलमा जाहिर खानले दुई रन बटुल्दा पाँचौं बलमा सन्दीपले स्टम्पिङ आउट गराए ।

पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिएका थिए । चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चेका थिए । सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् ।

समग्रमा सन्दीपले सात खेलमा ४ विकेट लिएका छन् । सन्दीप चार खेलमा विकेट विहीन बनेका थिए । होबार्ट ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकका साथ तेस्रो स्थानमा छ । होबार्टले अव जनवरी १ मा ब्रिसबेन हीटसँग खेल्नेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.