4 years ago
December 30, 2021
एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल ब्याटर तथा पूर्व कप्तान रस टेलरले आगमी घरेलु सिजनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । टेलरले बिहीबार आगमी घरेलु सिजनमा हुने बंगलादेशसँगको दुई टेस्ट, अष्ट्रेलिया र नेदरल्यान्ड्ससँग हुने समान तीन तीन ओडिआई खेलपछि सन्न्यास लिने घोषणा गरेका छन् ।

२०२२ को अप्रिल ४ मा नेदरल्यान्डसँग हुने तेस्रो ओडिआई खेल टेलरको लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । टेलर न्युजिल्यान्डबाट ओडिआई र टेस्टमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । ३७ वर्षिय टेलरले न्युजिल्याान्डबाट १ सय १० टेस्ट, २ सय ३३ ओडिआई र १ सय २ टि२० आई खेल खेलेका छन् ।
टेस्टमा १९ शतक ३५ अर्धशतकसहित ७ हजार ५ सय ८४ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ९० रन छ । ओडिआईमा २१ शतक र ५१ अर्धशतक सहित ८ हजार ५ सय ८१ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ८१ रन अविजित छ । टि२० आईमा ७ अर्धशतक सहित १ हजार ९ सय ९ रन बनाएका छन् ।
न्युजिल्यान्डले पछिल्ला दुई एकदिवसिय विश्वकपको लगातार फाइनल खेल्दा टेलरको योगदान महत्वपूर्ण थियो । २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई ८ विकेटले हराउन टेलरले उत्कृष्ट प्रदर्शनका साथ विजयी चौका प्रहार गरेका थिए । २०२१ को टि२० विश्वकपमा भने टेलर न्युजिल्यान्डको टोलीमा थिएनन् ।

न्युजिल्यान्डबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्नेक्रममा उनले कुल ४ सय ४५ खेल खेलेका छन् । १८ हजार ७४ रन, ४० शतक, १ सय ३३ अर्धशतक उनले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रहार गरेका छन् । जनवरी १ देखि बंगलादेशसँगको पहिलो टेस्ट खेल घरेलु मैदान माउन्ट माउन्गनुईमा हुनेछ ।
दोस्रो टेस्ट जनवरी ९ देखि सुरु हुनेछ । उक्त खेल अन्तिम टेस्ट हुनेछ । अष्ट्रेलियासँगको पहिलो ओडिआई जनवरी ३०, दोस्रो फेब्रुअरी २ र तेस्रो ओडिआई ५ फेब्रुअरीमा हुनेछ । नेदरल्यान्डसँगको पहिलो ओडिआई मार्च २९, दोस्रो अप्रिल २ र तेस्रो अप्रिल ४ देखि सुरु हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]