4 years ago
December 30, 2021
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने पुष्टि गरेका छन् । विहीबार पत्रकार सम्मेलनमा बोल्द प्रशिक्षक दासानायकेले विविध पक्षबारे आफ्नो धारणा राखे ।

नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासन कारण देखाउँदै मंसिर २९ मा ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै लेगस्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो । दीपेन्द्रलाई पनि उपकप्तानबाट हटाएको थियो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमा नराख्ने क्यान बोर्ड वैठकले निर्णय गरेको थियो । तर उनले विश्वकपको प्रारम्भिक टोलीमा सबै खेलाडी समेटेका छन् ।
पुबुदुले आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा तयारीका लागि प्रधानमन्त्री कपमा नयाँ प्रतिभा हेर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अबको प्राथमिकता विश्वकपकै तयारी रहने पनि प्रष्ट पारे ।
‘पछिल्लो समय क्यान र खेलाडीबीच केहि विवाद छ । तर कप्तान परिवर्तन हुँदैन । क्यानको बोर्ड निर्णयलाई निरन्तरता दिनेछौं । बोर्डको निर्णयलाई सम्मान गर्छु । खेलाडी र क्यानबीचको अरु विवादमा क्यान निकै लचिलो छ । मैले क्यान र अध्यक्षलाई चार खेलाडीमाथि केन्द्रिय सम्झौता २०२२ को सुरुवाती ६ महिना नराख्ने निर्णयलाई फिर्ता लिन आग्रह गर्छु’, पुबुदुले भने ।

‘मैले राम्रो सोचिरहेको छु । तर म फेरि पनि भन्छु कप्तानी विवादमा क्यानले फिर्ता लिने छैन । बोर्डले लिएको निर्णयमा सम्मान पनि गर्नुपर्छ’, उनले भने ।
पछिल्लो समय नेपाली टोली गुटउपगुट छ । कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ल दुई समूहमा विभाजन नै छ । जुन बाहिरी रुपमा पनि देखिन्छ । यस विषयमा पुबुदुले नेपाल एक मात्र टोली हुने बताए । ‘नेपाली क्रिकेट टोली एक भएर अघि बढ्नेछ । नेपालको लोगो लगाएपछि गर्व गर्नुपर्छ । उत्कृष्ट खेलाडीले टोलीका लागि खेल्नेछन् । नेपालको एक टिम र एक लक्ष्य हुनेछ’, पुबुदुले भने ।
क्यान र खेलाडी विवादको विषयमा आफूले लामो समय छलफल गरेको बताए । ‘मैले खेलाडीसँग लामो समय बैठक गरेको थिए । सबै विवादमा कुरा गरेको थिए । छलफल पनि राम्रो भएको थियो । क्याम्प केहि दिनमा सुरु हुनेछ । खेलाडी आउनेमा आशा छ । अबको प्रतियोगिताबाट हामीले नयाँ प्रतिभा हेर्ने छौं,’ उनले भने ।
‘पहिलो चरणमा खेलाडीको भूमिका काम गर्ने छौं । कसले ओपनिङ, मध्यक्रम, फिनिसर, बलिङ पक्ष लगायत सबै पहिलो चरणको बन्द प्रशिक्षण पछि थाहा हुनेछ । राष्ट्रिय प्रतियोगिता पछि सबै निर्णय गर्नेछौं’, पुबुदुले भने ।
क्रिकेट म्यानेजर विनोद दासले प्रधानमन्त्री कप टि२० शैलीलाई गर्न राखेपलाई अनुरोध गरेको जानकारी दिए । शैली परिवर्तन भएपनि प्रतियोगिता उहि समयमा हुने दासले बताए ।
बन्द प्रशिक्षण शनिबार देखि सुरु हुने दासले जनाएपनि पोखरा वा काठमाडौं कता हुने अझै टुङ्गो लाग्न सकेको छैन । क्यानले डिसेम्बर २१ देखि बन्द प्रशिक्षण राख्ने जनाएपनि खेलाडी विवादको कारण सुरु हुन सकेको थिएन ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]