4 years ago
December 30, 2021
एजेन्सी – ओपनर लोकेश राहुलको शतक, तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट बलिङको सहयोगमा भारतले दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा सानदार जित हात पारेको छ ।

भारतले पहिलो टेस्टमा १ सय १३ रनको सानदार जित हात पार्दै तीन टेस्ट खेलको सिरिजमा १-० को अग्रता लिएको छ । ३ सय ५ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौ दिन दोस्रो सेसनमा ६८ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । दक्षिण अफ्रिका कप्तान डिएल एल्गरले १ सय ५६ बलमा १२ चौका सहित सर्वाधिक ७७ रनको योगदान दिए । टेम्बा बभुमा ३५, क्विन्टन डि कक २१ र मार्को जेनसन १३ रन बनाए ।
भारतका मोहम्मद शामी र जस्प्रित बुमराहले ३(३ विकेट लिए । मोहम्मद शिराज र रविचन्द्रन आश्विनले २-२ विकेट लिए । दोस्रो इनिङमा भारत १ सय ७४ रनमा अल आउट भएको थियो । भारतका विकेटकिपर ऋषभ पन्त ३५, लोकेश राहुल २३, विराट कोहली १८ र अजिंक्या रहाणेले २० रनको योगदान दिए । दक्षिण अफ्रिका कागिसो रबाडा र मार्को जेनसनले ४-४ विकेट लिए ।
दक्षिण अफ्रिका पहिलो इनिङमा ६२.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिका टेम्बा बभुमाले १ सय ३ बलमा १० चौकासहित सर्वाधिक ५२ रन बनाए । क्विन्टन डि कक ३४, कागिसो रबाडा २५ र मार्को जेनसनले १९ रन बनाए । भारतका मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए । जस्प्रित बुमराह र शार्दुल ठाकुरले २-२ विकेट लिए ।

सुपर स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो इनिङमा १०५.३ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । भारतका ओपनर लोकेश राहुलले २ सय ६० बलमा १६ चौका र १ छक्कासहित १ सय २३ रनको शतकीय इनिङ खेले । मयंक अग्रवालले १ सय २३ बलमा ९ चौका सहित ६० रनमा आउट भए । विराट कोहली ३५ र अजिंक्या रहाणेले ४८ रन बनाए ।
भारतलाई ओपनर मयंक अग्रवाल र लोकेश राहुलले पहिलो विकेटका लागि ४०.२ ओभरमा १ सय १७ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिए । दक्षिण अफ्रिका लुन्गी एनगिडीले एक्लै ६ विकेट लिए । कागिसो रबाडाले ३ विकेट लिए । शतक प्रहार गरेका राहुल खेलको प्लेयर अफ द म्याच चुनिए । दोस्रो टेस्ट ३ जनवरी देखि सुरुहुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]