4 years ago
December 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको बन्द प्रशिक्षण काठमाडौंमा नै हुने भएको छ ।

ओमानमा फेब्रुअरीमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को नेपाल क्रिकेट संघ (क्यान) ले विहीबार पहिलो चरणको ३० सदस्य टोली घोषणा गरेको थियो । यसअघि पोखरामा गर्ने चर्चा रहेपनि क्यानले काठमाडौं मै हुने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए ।
क्रिकेट टोलीको बन्द प्रशिक्षण शनिबारदेखि सुरु हुनेछ । शनिबार क्यानले खेलाडीलाई दिउँसो तीन बजेसम्म होटलमा उपस्थित हुन आग्रह गरेको छ । पहिलो चरणको बन्द प्रशिक्षण काठमाडौंमा नै हुनेछ ।
‘प्रधानमन्त्री कप क्रिकेट यस पटक टि२० शैलीमा गर्न हामीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनुरोध पठाएका छौं । आइतबार सम्म राखेपले अनुमति दिन्छ होला’, दासले भने ।
त्यसैमा उनले थपे, ‘भोली (शनिबार) तीन बजे सम्मको लागि खेलाडीलाई रिपोर्टिङ समय दिएका छौं । भोली नै साँझ प्रशिक्षकले खेलाडीसँग कार्यक्रम राख्नु भएको छ । कोहि आउन नसक्ने भए आउन आग्रह भनेका छौं ।’

पछिल्लो समय क्यान र चार क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीबीच विवाद छ । क्यानको २०२१ को अन्तिम ६ महिना ग्रेडबारे मिडियामा गएर अनुशासन बाहिर गएर बोलेको भन्दै उक्त चार क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमानै नराख्ने जनाएको छ ।
ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो । त्यस कारण निकै विवाद बन्दै आएको छ । विहीबार मुख्य प्रशिक्षक पुबुदु दसानायिकेले कप्तान पुन परिवर्तन नुहने पुष्टि गरिसकेका छन् । उक्त चार क्रिकेटर खेल्न आउछन् वा आउँदैनन् निकै चासोको विषय बनेको छ ।
दासले उनीहरु खेल्ने वा नखेल्ने कुनै जानकारी नआएको बताए । क्यानले पछिल्ला तीन घरेलु प्रतियोगिता प्रधानमन्त्री कप, काठमाडौं मेयर्स कप र एभरेष्ट प्रिमियर लिगको प्रदर्शनलाई आधार मानेर खेलाडी बन्द प्रशिक्षणमा बोलाएको हो ।
क्यानले ३० खेलाडीको नाम सर्वाजनिक गरेपनि प्रधानमन्त्री कप छनोटको प्रदर्शनको आधारमा पुन बन्द प्रशिक्षणमा बोलाउन सकिनेछ । ‘१७ जना सम्झौताका खेलाडीहरु हुनुन्छ । बाँकी १३ जना राखेको पछिल्ला तीन घरेलु प्रदर्शनको आधारमा हो । प्रधानमन्त्री कपको प्रदर्शन पछि पुन टोली घोषणा हुनेछ’, दासले भने ।

प्रधानमन्त्री कपको लागि सम्भवत एक दिनअघि क्यानले खेलाडी फुकुवा गर्नेछ । त्यसपछि खेलाडीले आफ्नो प्रदेश र विभागीय टोलीबाट खेल्नेछन् । प्रधानमन्त्री कप पुष २५ देखि माघ ७ गतेसम्म काठमाडौंको टीयु मैदान र मुलपानीमा आयोजना हुने कार्यक्रम छ । यसअघिका चार संस्करण एकदिवसिय शैलीमा भएपनि यो पटक ग्लोबल टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै टि२० शैलीमा हुन लागेको हो ।
टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
ग्लोबल छनोटको समूह बी का खेल जिम्बावेमा हुनेछन् । समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । टि२० ग्लोबल छनोट बी जुलाई ८ देखि १८ सम्म जिम्बावेमा हुनेछ । टि२० विश्वकप २०२२ आगामी अक्टोबर-नोभेम्बरमा हुनेछ । २०२४ देखि भने टि२० विश्वकपमा २० टोली हुनेछन् । नेपालले पहिलो तथा एकमात्र विश्वकप २०१४ मा खेलेको थियो ।
नेपालको पहिलो चरणको ३० सदस्य टोली :
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]