4 years ago
January 1, 2022
एजेन्सी– ओपनर लोकेश राहुल (केएल) लाई भारतले दक्षिण अफ्रिकासँग तीन ओडिआई सिरिजको खेलमा कप्तानको जिम्मेवारी दिएको छ । भारले दक्षिण अफ्रिकासँग हुने तीन ओडिआई सिरिजको लागि राहुलको कप्तानीमा टोली घोषणा गरेको छ । तीव्र गतिका बलर जस्प्रित बुमराहलाई भारतले उपकप्तानको जिम्मेवारी दिएको छ ।

नवनियुक्त कप्तान रोहित शर्मा चोटका कारण उपलब्ध नभएपछि भारतले राहुलालाई कप्तानी भूमिका दिएको हो । अघिल्लो महिना भारतले विराट कोहलीलाई कप्तानबाट हटाउँदै रोहित शर्मालाई नियुक्त गरेको थियो । राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सबाट कप्तानी गरि सकेका छन् ।
राहुल पछिल्लो समय भारतका तीनै शैलीका एक उत्कृष्ट ब्याटरमा पर्दछन् । टोलीमा विराट कोहली, शिखर धवन, रविचन्द्रन आश्विन लगायतका अनुभवी खेलाडी छन् । चर्चित अलराउन्डर हार्दिक पान्ड्या भने भारतीय टोलीमा छैनन् । त्यस्तै पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरि रहेका कोलकता नाइट राइडर्सका अलराउन्डर वेंकटेश ऐर पनि टोलीमा छन् ।
भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टेस्ट सोमबारदेखि सुरु हुनेछ । पहिलो टेस्ट खेलमा भारत १ सय १३ रनले विजयी भएको थियो । तीन टेस्ट खेलको सिरिजमा पाहुना टोली भारतले १–० को अग्रता लिएको छ ।

भारतको ओडिआई टोली :
लोकेश राहुल (कप्तान), शिखर धवन, ऋतुराज गायकवाड, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, वेंकटेश ऐर, ऋषभ पन्त (विकेटकिपर), ईशान किशन (विकेटकिपर), युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, वासिन्टन सुन्दर, जस्प्रित बुमराह (उपकप्तान), भुवनेश्वर कुमार, दीपक चाहर, प्रसिद्ध कृष्णा, शार्दुल ठाकुर र मोहम्मद शिराज ।
दक्षिण अफ्रिकाविरुद्ध खेल्ने भारतको टेस्ट टोली : विराट कोहली (कप्तान), प्रियांक पञ्चाल , लोकेश राहुल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, अजिंक्या रहाणे, श्रेयस ऐर, हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), ऋद्धिमान शाह (विकेटकिपर), रविचन्द्रन आश्विन, जयन्त यादव, ईशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव, जस्प्रित बुमराह, शार्दुल ठाकुर र मोहम्मद शिराज ।
दक्षिण अफ्रिकासँग टेस्ट खेल तालिका
दोस्रो टेस्ट – जनवरी ३-७, जोहानेसबर्ग
तेस्रो टेस्ट – जनवरी ११-१५, केप टाउन
तीन ओडिआई सिरिज
पहिलो ओडिआई, १९ जनवरी : बोल्यान्ड पार्क
दोस्रो ओडिआई, २१ जनवरी : बोल्यान्ड पार्क
तेस्रो ओडिआई, २३ जनवरी : केप टाउन
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]