4 years ago
January 1, 2022
एजेन्सी – शीर्षक्रमका ब्याटर डेभन कन्वेको शतकसँगै घरेलु टोली न्युजिल्यान्डले बंगलादेशािवरुद्ध पहिलो टेस्ट खेलमा बलियो योगफलतर्फ लम्केको छ ।

बाय ओभल माउन्ट माउन्गानुईमा टस हारेर ब्याटिङ थालेको न्युजिाल्यान्ड ८७.३ ओभरमा २५८(५ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ । न्युजिल्यान्डका डेभन कन्वे २ सय २७ बलमा १६ चौका र १ छक्कासहित १ सय २२ रनमा क्याच आउट भए । कन्वेको टेस्ट करिअरको यो दोस्रो शतक हो ।
विल योंग १ सय ३५ बलमा ६ चौकासहित ५२ रनमा आउट भए । ओपनर तथा कप्तान टम लाथमलाई एक रनमै गुमाएपनि दोस्रो विकेटका लागि विल योंग र डेभन कन्वेले १ सय ३८ रनको शतकीय साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । रस टेलर ६४ बलमा ५ चौकासहित ३१ रनमा आउट भए ।
हेनरी निकोलस ६३ बलमा ५ चौकासहित ३२ रनमा अविजित छन् । बंगलादेशका शोरिफुल ईस्लामले दुई विकेट लिएका छन् । सिरिज दुई टेस्ट खेलको हुनेछ । न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन भने चोटका कारण यस सिरिजमा हुने छैनन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]