default_image

4 years ago

January 1, 2022

भारतलाई आइसिसीको जरिवना

160 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीलाई जरिवना लगाएको छ । दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा गल्ती गरेपछि भारतलाई २० प्रतिशत म्याच फि जरिवना लगाएको आइसिसीले जनाएको छ ।

सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा सम्पन्न पहिलो टेस्ट खेलमा भारत १ सय १३ रनले विजयी भएको थियो । भारतले लक्ष्य दिनेक्रममा निर्धारित समय भन्दा एक ओभर ढिलो गरेपछि स्वलो ओभर रेटका कारण २० प्रतिशत जरिवना लागेको हो । आइसिसीको नियम अनुसार एक ओभर ढिलो भएको खण्डमा २० प्रतिशत म्याच काटिने गर्दछ ।

त्यस्तै आइसिसी विश्व टेस्ट च्याम्पिनसिप प्लेइङ कन्डिसनको नियम १६.११ अनुसार एक ओभर ढिलो भएमा एक अंक काटिने गर्दछ । त्यसै अनुसार भारतको विश्व टेस्ट च्याम्पियनसिप अंक तालिकामा एक अंक काटिएको छ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पनि उक्त गल्ती स्वीकार गरेका छन् । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेल सोमबारदेखि सुरुहुनेछ ।

विश्व टेस्ट च्याम्पियनसिपको नियम अनुसार एक जितको १२ अंक र १०० प्रतिशत विजयी अंक प्राप्त गर्नेछ । अंक तालिकामा विजयी प्रतिशतलाई आधार मानिने गरिन्छ । खेल बराबरी भएमा ६ अंक र ५० प्रतिशत तथा ड्र भएमा ४ अंक तथा ३३.३३ प्रतिशत प्राप्त गर्नेछन् ।
विश्व वरीयता शीर्ष नौं टोलीले प्रतिस्पर्धा गरेका छन् ।

च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । अष्ट्रेलिया ३ खेलमा शतप्रतिशत जितका साथ ३६ अंक जोड्दै शीर्ष स्थानमा छ । श्रीलंका दुवै खेलमा विजयी हुँदै २४ अंकका साथ दोस्रो स्थानमा छ । पाकिस्तान ४ खेलमा ३ मा जित र १ मा हार सहित ७५ प्रतिशत अंकका साथ तेस्रो स्थानमा छ ।

भारत ७ टेस्ट खेलमा ४ मा जित, १ मा हार र २ बराबरीका साथ ६३.०९ का साथ चौथो स्थानमा छ । विश्व टेस्ट च्याम्पियनसिप २०१९/२१ को फाइनलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.