default_image

4 years ago

January 2, 2022

बन्द प्रशिक्षणमा सहभागी नहुन असन्तुष्ट समुहको धम्की!

467 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को अनुशासन कारवाहीमा परेका खेलाडी तथा असन्तुष्ट समूहले बन्द प्रशिक्षणमा सहभागी नहुन अन्य खेलाडीलाई धम्की दिएको क्यान उच्च स्रोतले हाम्रो खेलकुदले जानकारी दिएको छ ।

क्यानले मंसिर २९ मा नियमित कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै २०२२ को सुरुवाती ६ महिना ग्रेड मै नराख्ने निर्णय गरेको थियो । यी दुवै कारवाही फिर्ता हुनुपर्ने भन्दै ज्ञानेन्द्र समूहले शनिबार बोलाएको बन्द प्रशिक्षणमा गएका छैनन् ।

क्यानले शनिबार बन्द प्रशिक्षणमा बोलाएका सबै खेलाडीहरुलाई होटलमा उपलब्ध हुन जानकारी दिएको थियो । ज्ञानेन्द्र समूहमा रहेका ११ भन्दा बढी खेलाडी अनुपस्थित हुने भएपछि सोमबारबाट मात्र सुरु हुने क्यानले जनाएको छ । ‘आज होटलमै ओरियन्टेशनहरु हुन्छ । मैदानमा सोमबारबाट प्रशिक्षण हुनेछ । नआएका खेलाडीहरुलाई अब के हुन्छ हेरौं’, स्रोतले भन्यो ।

क्यान स्रोतका अनुसार असन्तुष्ट समूहमा रहेका खेलाडीले बन्द प्रशिक्षणमा बोलाइएका सबै खेलाडीलाई प्रशिक्षणमा नजान धम्की दिएको बताए । ‘दबाब चाहिँ सबै खेलाडीहरुलाई प्रशिक्षणमा नजा भनेर एउटा अभियान नै चलाएको रहेछन् । ३० जनामा रहेका सबैलाई बन्द प्रशिक्षणमा नजा भनेर धम्कीसम्म दिएका रहेछन् । भोली तिमीहरुको करिअर खत्तम हुन्छ भन्ने धम्की दिएछन्,’ उनले सुनाए ।

‘हाम्रो जित हुन्छ हामी आउँछौं भनेका रहेछन् । नेपालभर सबै खेलाडीहरुलाई भनेका रहेछन् । बन्द प्रशिक्षणमा आएका खेलाडीले पनि हामी एकदमै रिस्क र डरमा आएका छौं भनेका छन्’, स्रोतले नाम नभन्ने सर्तमा भन्यो ।

‘एउटा सानो विषयलाई ठूलो बनाए । क्रिकेटलाई उनीहरुले धेरै फोहोर बनाए’, स्रोतले भने, ‘क्यानले कारबाही फिर्ता गर्ने भनेर पत्र पनि पठाएको छ । तर उनीहरुलाई कप्तान नै चाहियो भनेका छन् । त्यसरी त हुँदैन ।’

स्रोतका अनुसार क्यान अध्यक्ष चतुरबहादुर चन्दले बोर्ड मार्फत २०२२ को ६ महिना ग्रेडमा नराख्ने विषयलाई पुन विचार गर्ने पत्र पठाएका थिए । उनीहरुलाई कप्ताननै परिवर्तन हुनुपर्छ माग राख्दै आएका छन् ।

शनिबार शरद भेषावकर, आरिफ शेख, आसिफ शेख, विवेक यादव, पवन सरार्फ लगायत ११ खेलाडी होटल पुगेका छन् । आइतबार सौरभ खनाल, साहब आलम लगायत केहि खेलाडी सहभागी हुनेछन् ।

कारबाहीमा परेका चार क्रिकेटरसँगै करण केसी, अभिनाश बोहरा, सुशान भारी, कुशल भुर्तेल, विनोद भण्डारी, रोहित कुमार पौडेल र विक्रम सोब लगायतका १२ खेलाडी अनुपस्थित नहुने बुझिएको छ । अनुपस्थित नहुने भनिएका ती खेलाडीले औपचारिक रुपमा कुनै धारण भने राखेका छैनन् ।

टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् । छनोट हुन ४४ दिन बाँकी रहँदा नेपालमा भने खेलाडी विवाद जारी छ ।

अर्को हप्ताबाट प्रधानमन्त्री कप सुरु हुनेछ । माघ २५ देखि काठमाडौंमा टि२० शैलीमा प्रधानमन्त्री कप सुरुहुनेछ । त्यसको लागि क्यानले सम्भवत एक दिनअघि खेलाडी फुकुवा गर्नेछ । त्यसपछि खेलाडीले आफ्नो प्रदेश र विभागीय टोलीबाट खेल्नेछन् ।

क्यानले घोषणा गरेको नेपालको पहिलो चरणको ३० सदस्य टोली :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.