default_image

4 years ago

January 2, 2022

ललितको सफल शल्यक्रिया

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले खुट्टाको घुँडामा लागेको चोटको सफल शल्यक्रिया भएको छ ।

आइतबार ललितपुरको ग्वार्कोमा रहेको भएको बि एण्ड बी अस्पतालमा विहान १० बजे सफल शल्यक्रिया भएको हो । अहिले अवस्था सामान्य रहेको ललितले हाम्रो खेलकुदलाई जानकारी दिए । ललितको शल्यक्रिया चिकित्सक अमित जोशी टोलीले गरेको थियो ।

‘दुखाई जारी छ । अस्पताल कति दिन बस्ने भन्ने थाहा छैन । सोमबार यस विषयमा थाहा हुनेछ । मैदान फर्किन कित समय लाग्छ ठ्याक्कै भन्न सकिदैन । तर ८-९ महिना भनिएको छ’, ललितले भने ।

एक महिना अघि पुलिस एकेडेमीमा अभ्यासको क्रममा बायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । शल्यक्रिया नगर्दा दीर्घकालिन रुपमा ठूलो असर पर्ने हुँदा ललितले शल्यक्रिया गरेका हुन् । बायाँ हाते स्पिनर ललितले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । ललितले पछिल्लो पटक एभरेष्ट प्रिमियर लिग (इपिएल) ललितपुर प्याट्रियटर्सबाट खेलेका थिए ।

२०१९ मा आइसिसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध नेपालको लागि ललितले डेब्यू गरेका थिए । पछिल्लो पटक ललितले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध खेल खेलेका थिए । त्यसपछि ललित टोली बाहिर थिए । ललितले नेपालबाट ४ ओडिआई, १२ टि२० आई, १२ लिष्ट ए र १ प्रथम श्रेणीको खेल खेलेका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.