default_image

4 years ago

January 3, 2022

बन्द प्रशिक्षणमा २० खेलाडीले रिपोर्टिङ गरे

228 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलुकुद) – राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको लागि २० खेलाडीले रिपोर्टिङ गरेका छन् । आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोटको लागि नेपालले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । जसमा २० खेलाडीले रिपोर्टिङ गरेका छन् ।


पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी मैदानमा उपस्थित हुँदा बाँकी ६ जना खेलाडी पिसिआर परिक्षण बाँकी रहेकाले होटलमै छन् । कप्तान सन्दीप लामिछाने बिग ब्यास लिगको लागि अष्ट्रेलियामा छन् । बाँकी नौं खेलाडीले आज साँझ सम्म रिर्पोटिङ गर्ने मुख्य प्रशिक्षक पुबुदु दसानायिकले जानकारी दिए ।

रिपोर्टिङ नगर्ने खेलाडीहरुमा कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, करण केसी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा छन् । होटलमा रहेका स्पिनर सागर ढकाल अस्वस्थको कारण छन् । बाँकी पाँच खेलाडी नन्दन यादव, विनोद भण्डारी, हरि शंकर शाह, विक्रम सोब र सुशान भारी भने होटलमा पिसिआरको लागि बाँकी छन् ।

आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । छलफल पछि क्यान र खेलाडीबीच सहमती भएको थियो । चार क्रिकेटरमाथि २०२२ को सुरुवाती ६ महिना ग्रेडमा लगाएको प्रतिबन्ध भने क्यानले फुकुवा गरेको छ ।

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोधेको थियो ।

खेलाडीले कात्तिक ३० मा क्यानलाई जवाफ दिए । तर क्यान सन्तुष्ट भएन । कप्तान ज्ञानेन्द्र मल्ल सहित १९ खेलाडीले हस्ताक्षर गर्दै मंसिर ५ मा ११ बुँदे मागसहित सात दिनको समय दिँदै क्यानसँगै नै वर्गिकरण बारे स्पष्टीकरण सोधे । त्यसपछि विवाद झन बढ्दै गएको छ । क्यानले मंसिर ८ मा तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । त्यसपछि मंसिर २९ मा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो ।

मैदानमा आएका १४ खेलाडी

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.