default_image

4 years ago

January 3, 2022

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

274 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीले आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ ।

३० खेलाडीलाई बोलाईएको बन्द प्रशिक्षणमा सोमबार सम्म२० खेलाडीले रिपोर्टिङ गरि सकेका छन् । टियु मैदानमा पहिलो दिन १४ खेलाडी सहभागी थिए । पहिलो दिन टोली फिटनेश परिक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो । पिसिआर परिक्षण नगर्दा पाँच खेलाडी होटलमै छन् । स्पिनर सागर ढकाल शारिरीक अस्वस्थताको कारण मैदान पुगेका थिएनन् ।

पहिलो दिनको प्रशिक्षणमा १४ खेलाडी मैदानमा उपस्थित हुँदा बाँकी पाँच जना खेलाडी पिसिआर परिक्षण बाँकी रहेकाले होटलमा रहेका हुन् । स्पिनर सागर ढकाल अस्वस्थको कारण होटलमै छन्। तीव्र गतिका बलर नन्दन यादव, विनोद भण्डारी, हरि शंकर शाह, विक्रम सोब र सुशान भारी पिसिआरको लागि होटलमा छन् ।

कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, करण केसी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोराले रिपोर्टिङ गरेका छैनन् । यी नौं खेलाडीले सोमबार साँझ सम्म रिपोर्टिङ गर्ने बुझिएको छ । कप्तान सन्दीप लामिछाने भने बिग ब्यास लिगको लागि अष्ट्रेलियामामा छन् । सन्दीप पहिलो चरणको बिग ब्यास पछि टोलीमा सामेल हुने आशा गरिएको मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले जनाए । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सको पहिलो चरणको खेल जनवरी १९ मा सकिनेछ ।

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले स्पष्टीकरण हुँदै मंसिर २९ मा कप्तान र उपकप्तान हटाउँदै उक्त चार क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो । ग्रेडमा नराख्ने निर्णय भने क्यानले आगमी बोर्ड बैठकमार्फत फिर्ता लिने भएको छ । यहि विवादको कारण ज्ञानेन्द्र सहित १२ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् । सोमबार क्यान र ज्ञानेन्द्रबीच प्रशिक्षणमा फर्किने सहमती बनेको थियो । कप्तान भने सन्दीप लामिछाने नै हुनेछन् ।

पहिलो चरणको बन्द प्रशिक्षण एक हप्ता पुगनपुग हुनेछ । प्रधानमन्त्री कपको लागि सम्भवत एक दिनअघि क्यानले खेलाडी फुकुवा गर्नेछ । त्यसपछि खेलाडीले आफ्नो प्रदेश र विभागीय टोलीबाट खेल्नेछन् । प्रधानमन्त्री कप पुष २५ देखि माघ ७ गतेसम्म काठमाडौंको टीयु मैदान र मुलपानीमा आयोजना हुने कार्यक्रम छ । यसअघिका चार संस्करण एकदिवसिय शैलीमा भएपनि यो पटक ग्लोबल टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै टि२० शैलीमा हुने बताएको छ ।

टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले आफ्नो विरोध गरेको भन्दै चार खेलाडीसँग कात्तिक २५ मा स्पष्टीकरण नै सोधेको थियो ।

सोमबार मैदानमा आएका १४ खेलाडी :

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो ।

होटलमा रहेका ६ खेलाडी : सागर ढकाल,नन्दन यादव, विनोद भण्डारी, हरि शंकर शाह, विक्रम सोब र सुशान भारी

रिपोर्टिङ गर्न नआएका नौं खेलाडी : ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, करण केसी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोरा ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.