default_image

4 years ago

January 3, 2022

राहुलले भारतको कप्तानी गर्दै

229 views

0 Bookmark

एजेन्सी – ओपनर लोकेश राहुलले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा भारतको कप्तानी गर्ने भएका छन् । दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा भारतको कप्तानी लोकेश राहुलले गर्दै टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नियमित कप्तान विराट कोहली चोटका कारण गुमाउने भएपछि राहुलले भारतको कप्तानी गरेका हुन् ।

राहुल भारतको ३४ औं टेस्ट कप्तान हुन् । राहुलका अनुसार कोहलीको ढाडको माथिल्लो भागमा चोटका कारण टोलीमा छैनन् । विराट कोहली फिट नभएपछि उनको स्थानमा भारतले अलराउन्डर हनुमा विहारीलाई मौका दिएको छ । दक्षिण अफ्रिकाले दुई परिवर्तन गरेको छ । सन्न्यास लिएका क्विन्टन डि कको स्थानमा काइल भेरिनेलाई टोलीमा मौका दिएको छ । त्यस्तै वियान मुल्डरको स्थानमा डुआने ओलिभियरले मौका पाएका छन् ।

राहुलले दक्षिण अफ्रिकासँग तीन ओडिआई खेलको पनि कप्तान गर्नेछन् । नव नियुक्त कप्तान रोहित शर्मा चोटको कारण टोली बाहिर हुँदा राहुलले ओडिआईको नेतृत्व गर्नेछन् । तीन टेस्ट खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । राहुलले दक्षिण अफ्रिकासँग पहिलो टेस्ट खेलमा १ सय २३ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

पहिलो खेलमा भारत १ सय १३ रनले विजयी भएको थियो । राहुलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सको कप्तानी गरि सकेका छन् । आगमी दिनमा राहुललाई भारतीय नियमति कप्तानको रुपमा समेत हेरिदै आएको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.