4 years ago
January 3, 2022
एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँग पहिलो टेस्ट खेलको पहिलो इनिङमा सानदार ब्याटिङ गरेको छ । बंगलादेशले पहिलो इनिङमा १५६ ओभरमा ४०१–६ को बलियो अवस्थामा तेस्रो दिनको खेल सकिएको छ । बंगलादेशले पहिलो इनिङमा ७३ रनको अग्रता लिई सकेको छ । बंगलादेशका याशिर अली ११ र मेहिदी हसन २० रनमा अविजित छन् ।

घरलु टोली न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ सामू बंगलादेशका शीर्ष र मध्यक्रमका ब्याटरले सानदार ब्याटिङ गरेपछि अग्रता लिएको हो । ओपनर मोहम्दुल हसन जोयले २ सय २८ बलमा ७ चौकासहित ७८ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । दोस्रो विकेटका लागि जोय र नाज्मुल हसन शान्टोले १ सय ४ रनको शतकीय साझोदारी गरेका थिए ।
शान्टो १ सय ९ बलमा ७ चौका र १ छक्का सहित ६४ रनमा क्याच आउट भए । कप्तान मोनिनुल हक र लिटन दासले पाँचौं विकेटका लागि १ सय ५८ रनको शतकीय साझेदारी गरेपछि बलियो ब्याटिङ गरेको थियो । हकले २ सय ४४ बलमा १२ चौका सहित ८८ रनमा एलबीडब्लू आउट भए । विकेटकिपर लिटन दास १ सय ७७ बलमा १० चौकासहित ८६ रनमा आउट भए । न्युजिल्यान्डका निल वाग्रर र ट्रेन्ट बोल्टले तीन तीन विकेट लिए ।

त्यसअघि बाय ओभल माउन्ट माउन्गानुईमा टस हारेर ब्याटिङ थालेको न्युजिाल्यान्ड १०८.१ ओभरमा ३ सय २८ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका डेभन कन्वे २ सय २७ बलमा १६ चौका र १ छक्कासहित सर्वाधिक १ सय २२ रनमा क्याच आउट भए । हेनरी निकोलसले १ सय २७ बलमा १२ चौका सहित ७५ रनमा आउट भए । अन्य ब्याटरले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
विल योंग १ सय ३५ बलमा ६ चौकासहित ५२ रनमा आउट भए । ओपनर तथा कप्तान टम लाथमलाई एक रनमै गुमाएपनि दोस्रो विकेटका लागि विल योंग र डेभन कन्वेले १ सय ३८ रनको शतकीय साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । तर तल्लोक्रमका ब्याटर चल्न नसक्दा बलियो योगफल बनाउन चुकेको थियो । रस टेलर ६४ बलमा ५ चौकासहित ३१ रनमा आउट भए ।
काइल जेमिसन ६, रचिन रभिन्द्र ४ र टिम साउथी ६ रनमा आउट भए । बंगलादेशका शोरिफुल ईस्लाम र मेहिदी हसनले ३(३ विकेट लिए । सिरिज दुई टेस्ट खेलको हुनेछ । न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन भने चोटका कारण यस सिरिजमा हुने छैनन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]