4 years ago
January 3, 2022
एजेन्सी – पाकिस्तानका पूर्व कप्तान तथा स्टार अलराउन्डर मोहम्मद हफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हफिजले सोमबार एक पत्रकार सम्मेलन गर्दै सन्न्यास लिएका छन् ।

४१ वर्षिय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । ‘१८ वर्षअघि मैले पाकिस्तान क्रिकेट टोलीमा एउटा यात्रा सुरु गरेको थिए । त्यसको म आज औपचारिक रुपमा सन्न्यास लिन चाहन्छु । धेरै खुसी र राम्रोको साथ सन्न्यास लिएको छु’, हफिजले भने ।
हफिजले १ सय ५ टेस्ट इनिङमा १० शतक र १२ अर्धशतक सहित ३ हजार ६ सय ५२ रन बनाउनुको साथै ५३ विकेट लिएका छन् । हफिजले सन् २००३ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गरेका थिए । हफिजले यस अघिनै टेस्टबाट सन्न्यास लिई सकेका थिए । २०१५ मा बंगलादेशविरुद्ध २ सय २४ करिअरको उत्कृष्ट प्रदर्शन गरेका थिए । २०१४ मा न्युजिल्यान्डविरुद्ध खेलेको १ सय ९७ र २०१२ मा श्रीलंकाविरुद्ध खेलेको १ सय ९६ रन यादगार प्रदर्शनमा पर्दछन् ।
हफिजले ओडिआईमा २००३ अप्रिलमा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए । ओडिआईमा ११ शतक र ३८ अर्धशतक सहित ६ हजार ६ सय १४ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २०१३ मा श्रीलंकाविरुद्ध १ सय ४० रन अविजित थियो । ओडिआईमा १ सय ३९ विकेट लिएका थिए । टि२० आईमा हफिजले २ हजार ५ सय १४ रन बनाउनुको साथै ६१ विकेट लिएका छन् ।

पाकिस्तानले २००९ को टि२० विश्वकप जित्दा हफिज टोलीमा महत्वपूर्ण सदस्य थिए । २०१७ मा च्याम्पियन्स ट्रफीको उपाधि, २००७ को टि२० विश्वकप फाइनल र यस वर्षको टि२० विश्वकप सेमिफाइनल यात्रामा उनी टोलीमा थिए । हफिजले पाकिस्तानका लागि पहिलो खेल खेल्नु र टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउनु करिअरको उत्कृष्ट क्षण बताए । हफिजले घरेलु र फ्रेन्चाइज क्रिकेट भने खेल्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]