4 years ago
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रशिक्षण सम्हालेपछि सोमबार पहिलो पटक मैदानमा प्रशिक्षण दिए । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि नेपालले आजबाट बन्द प्रशिक्षण थालेको छ ।

पहिलो दिन मैदानमा १४ खेलाडी उपस्थित थिए । पिसिआर गर्न बाँकी रहेका पाँचगरि कुल ६ खेलाडी होटलमा थिए । नेपाल क्रिकेट संघ (क्यान)सँग विवादको कारण बाँकी नौ खेलाडीले सोमबार विहानसम्म रिपोर्टिङ गरेका थिएनन् ।
पुबुदुले विहान प्रशिक्षणका क्रममा बोल्दै सबै खेलाडी बन्द प्रशिक्षणमा आउनेमा आफूलाई आशा रहेको बताएका थिए । ‘ पहिलो दिन नै १६ खेलाडी आइसकेका थिए । अर्को दिन ६ खेलाडी जोडीए । केहि समस्याहरु थिए । समस्याको समाधानमा सबै खुसी छन् । मलाई आशा भोली वा अर्को दिन सबै खेलाडी अभ्यासमा आउनेछन्’, पुबुदुले सोमबार विहान भने । सोमबार बेलुका नै पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित सबै खेलाडी होटेल आइसकेका छन् ।
‘क्यान र खेलाडीबीच धेरै सकरात्मक छलफल भएको थियो । क्रिकेट र राष्ट्रिय टिमको एक लक्ष्य हुनुपर्छ । मलाई लाग्छ सबै समस्या समाधान भएको छ । सबै खेलाडी आउनेमा मलाई आत्माविश्वास छ’, उनले भने ।

विश्वकप छनोटअघि आएको विवादको समस्यालाई पुबुदुले अवसरको रुपमा हेरेका छन् । ‘यस्तो समस्या आउनुलाई सकारात्मक रुपमा अघि लिएको छु । म अहिले नयाँ वातावरणमा आएको छु । पक्कैपनि मैले केहि परिवर्तन गर्दा कठिन हुने थियो होला । अहिले नै समस्या रहेकोले अब यसलाई सुल्झाएर अघि बढ्न सकिन्छ भन्ने विश्वास छ । समस्या सुल्झेर अघि बढ्ने हुँदा त्यसले राम्रो गर्छ,’ उनले भने ।
‘प्रधानमन्त्री कप सबै खेलाडीले खेल्नेछन् । त्यसपछि प्रदर्शनको आधारमा टोली बन्नेछ । म प्रशिक्षकमा रुपमा कुन भूमिका कसलाई दिने त्यो हेर्नेछु । हामीले अहिले विश्वकप छनोटलाई लक्षित गर्र नै तयारी गर्ने हो । पीएम कपमा सबै खेलाडीको प्रदर्शन हेरेर थप सहयोग पुग्नेछ । टोलीबाहिर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छ भने पक्कै अवसर पाउनेछ,’ उनले भने ।
पुबुदुले विश्वकप छनोटका लागि टोलीले तयारी गर्न पर्याप्त समय रहेको बताए । ‘तुलनात्मक रुपमा हाम्रो तयारी राम्रो छ । अन्य टोलीले कोरोनाका कारण प्रशिक्षण गर्न पाउने अवस्था छैन । हामी प्रशिक्षण सुरु गरेका छौं । अब यसलाई क्रमवद्ध रुपमा अघि बढाउनेछौं,’ उनले भने ।

विवाद समाधानका लागि बोर्डको भूमिकालाई पनि पुबुदुले तारिफ गरे । ‘बोर्डले निकै साथ दिएको छ । बोर्ड अहिले निकै व्यावसायिक छ । विवाद समाधानका लागि सहज वातावरण सिर्जना गर्यो । मैले आफैं पनि खेलाडीसँग छलफल गरें । हाम्रो सम्बन्ध अहिले राम्रो छ,’ उनले प्रष्ट परे ।
पुबुदुले कप्तान सन्दीप लामिछाने बिग ब्यास लिगको पहिलो चरणको खेलपछि टोलीमा जोडिने आशा ब्यक्त गरे । सन्दीप बिग ब्यास लिगको कारण अष्ट्रेलियामा छन् । बिग ब्यासको पहिलो चरणको खेल १९ जनवरीमा सकिनेछ ।
पुबुदुले वर्तमान समयमा सन्दीप नै नेपालको एकमात्र कप्तान रहेको पक्का गर्दै अन्तर्राष्ट्रिय शृंखलाको अपेक्षा राखे । ‘हामी विश्वकप छनोटअघि अन्तर्राष्ट्रिय सिरिज खेल्न चाहन्छौं । क्रिकेट म्यानेजर र क्रिकेट बोर्डले केहि टोलीलाई आग्रह पनि गरेका छन् । कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेर मात्र विश्वकप छनोट खेल्नेमा म पक्का छु’, उनले भने ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]