4 years ago
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व कप्तान ज्ञानेन्द्र मल्ल आगमी फेब्रुअरीमा ओमानमा हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को लागि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन होटल पुगेका छन् ।

ज्ञानेन्द्र सोमबार दिउँसो क्रिकेट टोली रहेको होटल रमादा पुगेका हुन् । तीव्र गतिका बलर सोमपाल कामी र करण केसी बाहेक अन्य सबै खेलाडी होटल पुगेका छन् । यी दुई खेलाडी पनि आझ साँझ सम्म आइपुग्ने बुझिएको छ ।
३० खेलाडीलाई बोलाईएको बन्द प्रशिक्षणमा सोमबार १४ खेलाडी मैदानमा सहभागी थिए । पहिलो दिन टोली फिटनेश परिक्षण गर्नुको साथै सामान्य अभ्यास गरेको थियो । पिसिआर परिक्षण बाँकी रहेको कारण तीव्र गतिका बलर नन्दन यादव, विनोद भण्डारी, हरि शंकर शाह, विक्रम सोब र सुशान भारी होटलमा थिए । कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, कमलसिंह ऐरी, दीपेन्द्र ऐरी, करण केसी, अभिनाश बोहरा, रोहित कुमार पौडेल, कुशल भुर्तेल र सन्दीप जोराले रिपोर्टिङ गरेका थिएनन् । नौ जना मध्य करण र सोमपाल बाहेक अन्य सबै होटल पुगेका हुन् ।

कप्तान सन्दीप लामिछाने भने बिग ब्यास लिगको लागि अष्ट्रेलियामामा छन् । सन्दीप पहिलो चरणको बिग ब्यास पछि टोलीमा सामेल हुने आशा गरिएको मुख्य प्रशिक्षक पुबुदु दासानायिकेले जनाए । सन्दीप सम्मिलित होबार्ट हरिकेन्सको पहिलो चरणको खेल जनवरी १९ मा सकिनेछ ।
ज्ञानेन्द्र, सोमपाल, दीपेन्द्र र कमलले कार्तिक अन्तिम साता ग्रेडमा असन्तुष्टिलाई लिएर मिडियामा आएर बोलेपछि विवाद सुरु भएको थियो । क्यानले स्पष्टीकरण हुँदै मंसिर २९ मा कप्तान र उपकप्तान हटाउँदै उक्त चार क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने निर्णय गरेको थियो । ग्रेडमा नराख्ने निर्णय भने क्यानले आगमी बोर्ड बैठकमार्फत फिर्ता लिने भएको छ । आइतबार क्यान र ज्ञानेन्द्रबीच प्रशिक्षणमा फर्किने सहमती बनेको थियो । कप्तान भने सन्दीप लामिछाने नै हुनेछन् ।
पहिलो चरणको बन्द प्रशिक्षण एक हप्ता पुगनपुग हुनेछ । प्रधानमन्त्री कपको लागि सम्भवत एक दिनअघि क्यानले खेलाडी फुकुवा गर्नेछ । टि२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन् २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
क्यानले घोषणा गरेको नेपालको पहिलो चरणको ३० सदस्य टोली :
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]