4 years ago
January 3, 2022
एजेन्सी – युवा बायाँ हाते तीव्र गतिका बलर मार्को ज्यानसनको घातक बलिङसँगै दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलको पहिलो इनिङमा भारत २ सय २ रनमै अल आउट भएको छ ।

दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन अन्तिम सेसनमा ६३.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतका कप्तान लोकेश राहुलले १ सय ३३ बलमा ९ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए । राहुल बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नियमित कप्तान विराट कोहली ढाडको माथिल्लो भागमा समस्याका कारण दोस्रो टेस्ट गुमाएका थिए । भारतलाई राहुल र मयंक अग्रवालले १४.१ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तर बाँकी १३ रन जोड्न प्रमुख तीन विकेट गुमाएपछि भारतले खराब सुरुवात गरेको थियो ।
युवा तीव्र गतिका बलर मार्को ज्यानसनले अग्रवाललाई २६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर डुआने ओलिवियरले चेतेश्वर पुजारालाई तीन रनमा टेम्बा बभुमाबाट क्याच गराए । लगत्तै अर्को बलमा अजिंक्या रहाणे गोल्डेन डक आउट भएपछि भारत २३.४ ओभरमा ४९–३ को कमजोर अवस्थामा पुगेको थियो । हनुमा विहारीलाई कागिसो रबाडाले रास्सी भान डर डुसेनबाट २० रनमा उत्कृष्ट क्याच आउट गराएपछि भारत धरासयी बनेको थियो ।
ज्यानसनले ४६ औं ओभरको पाँचौं बलमा राहुललाई रबाडाबाट क्याच गराएपछि भारत संकटमानै परेको थियो । शार्दुल ठाकुर शून्य र मोहम्मद शामी ९ रनमा आउट भए । जस्प्रित बुमराह ११ बलमा २ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे ।
दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलर मार्को ज्यानसनले १७ ओभरमा ५ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र डुआने ओलिवियरले ३-३ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]