4 years ago
January 4, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा ओपनर ज्ञानेन्द्र मल्लले आफूनै सधैंभर कप्तान बन्नु पर्छभन्ने नभएको जनाएका छन् । मंगलबार टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणको क्रममा बोल्दै ज्ञानेन्द्रले उक्त जवाफ दिएका हुन् ।

गत मंसिर २९ मा नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई अनुशान बाहिर गएको भन्दै कप्तानबाट हटाएको थियो । २०२१ को अन्तिम ६ महिना ग्रेडलाई लिएर एक मिडियामा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरीलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमै नराख्ने जनाएको थियो ।
त्यसकारण ज्ञानेन्द्र सहित १२ खेलाडीले बन्द प्रशिक्षणको लागि रिपोर्टिङ नै गरेका थिएनन् । आइतबार क्यान र खेलाडीबीच सहमती भएपछि बन्द प्रशिक्षणमा फर्किएका हुन् । क्यानले ज्ञानेन्द्रलाई हटाउँदै सन्दीप लामिछानेलाई कप्तानमा नियुक्त गरेको थियो ।
‘पहिला त कप्तानबाट हट्दा अलिकति दुःख लाग्यो । यत्रो वर्ष क्रिकेटलाई दिए । विना कारण मुद्धा निकालेर यस्तो गर्नु भयो । विना कारण निकालेर त्यसो गर्दा व्यक्तिगत रुपमा केहि समय गाह्रो भएको थियो । कहिले पनि बोर्डको विरुद्ध जाने सोचेर गरेको होईन । त्यो गर्ने भए अरु बाटो अपनाउथ्यौ होला । खेल्दैनौ थियौं होला’, ज्ञानेन्द्रले भने ।
‘यत्रो वर्ष केहि नहुँदा खेलेका थियौं । अहिले त सम्मानजनक स्थिति छ । त्यो हुँदा अझ थप्नु पर्यो भन्दा आरोप लाग्यो । त्यो नै एउटा आत्मासम्मानको कारण मलाई अलि अप्ठेरो परेको थियो । हेरोैं, जीवनमा सधैं अघि बढ्नुपर्छ । म सधैंभरीलाई कप्तान हुन पनि आएको होईन । र हुनुपर्छ भन्ने पनि होईन । म पहिला पनि खेलिरहेको थिएँ र अहिले पनि खेल्छु । म देशको लागि खेल्छु । मेरो लागि खेल्छु र परिवारको लागि खेल्छु । त्यो नै मेरो लक्ष्य हो’ , ज्ञानेन्द्रले भने ।
‘हामी बाहिर भन्दापनि यो समस्या भित्र बसेर सुल्झाउन चाहिरहेका थियौ । सबै कुराहरु बाहिर राखेर नेपाली क्रिकेटको लागि र भविष्यका लागि हामी सबैको लागि एक ठाउँ बसेर अघि बढ्नुपर्छ । महत्त्वपूर्ण प्रतियोगिता आएको छ । त्यसको लागि भएपनि सब ठाउँमा बस्नुपर्छ । जे भयो भयो अवको हाम्रो लक्ष्य भनेको अघि बढ्ने हो ।’

‘सबैजना बसेर यो कुरा पहिला नै राखेर गरेको भए यस्तो हुन्थ्यो जस्तो मलाई लाग्दैन । तर जे पनि हुन्छ राम्रोको लागि हुन्छ । खेलाडी देखि बोर्डसम्म सबैमा अझ बुझाई पनि आएको होला । खेलाडी र बोर्डबीचको दुरी धेरै भयो । विवाद समाप्त भएर सबैजना यहाँ छौं’, उनले भने ।
‘विवाद भन्दापनि एउटा असन्तुष्टि हो । विवाद बनाइए जस्तो भयो मलाई लाग्छ । विवाद नभएर एकदुई कुरामा असन्तुष्टि थियो । त्यसलाई स्पष्ट पार्नु पर्यो भन्ने हो । अहिलेलाई अव धेरै समय पनि छैन, हाम्रो मुख्य लक्ष्य विश्वकप खेल्ने हो । त्यसैले खेलमा ध्यान केन्द्रित हुनुपर्छ जस्तो लाग्छ’, विवाद बारे ज्ञानेन्द्रले भने ।
ज्ञानेन्द्रले टोलीमा प्रशिक्षण गर्न र खेल्न कुनै समस्या नहुने स्पष्ट पारे । ‘मलाई लाग्दैन कि एक अर्कासँग दुश्मनी लिएको अथवा बोर्डसँग लिएको । यी सबै खेलाडी गएको १०-१२ वर्षदेखि सँगै र घरेलु क्रिकेटमा खेल्दै आएका छौं । त्यस्तो मनमुटाव कसैसँग छैन । हुने भएको भए यहाँ कोही पनि हुने थिएन । बोर्ड र खेलाडीबी यसरी नै छलफल पहिलानै भएको भए यो समाधान पहिलानै हुन्थ्यो होला’, उनले भने ।
क्यानले स्पस्पष्टीकरण सोधेपछि ज्ञानेन्द्र सहित १९ खेलाडीले क्यानलाई ११ बुँदेमाग सहितको पत्र पठाएका थिए । त्यो माग के थियो भन्ने प्रश्नमा उनले भने, ‘हामीले पहिला देखिनै भत्ता कम भयो किन भयो भन्ने थियो । वर्गीकरण भयो तर हामीलाई किन जानकारी गराएन । खेलाडीहरुलाई वर्गीकरण बारे कुनैपनि कागज दिएको थिएन । बीमाको कुरा थियो । खेलाडीहरुको रिह्याबको कुरा थियो । कतिपय खेलाडीहरुले पूरा रिह्याब पनि पाएको थिएन’, त्यसैमा थपे ‘त्रिकोणात्मक सिरिज विजेता भयौं । मलाई जहाँसम्म लाग्छ सरकारलाई पहल गर्नु पर्नेमा ढिलो चाँडो के भयो । नेपाल टेलिकमको यसअघिको प्रायोजनमा २० प्रतिशत छुट्एको थियो अहिले केहि छ कि छैन भन्ने हो, राखेका थियौं’, ।

‘हाम्रो सेवा सुविधा बढाउँछौं भन्नु भएको छ । हामी दीर्घकालिन सोचेका छौं । सेवा सुविधा हामीलाई भन्दापनि राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई थप्दा हुन्छ । ग्रेडिङ तलव एउटा सम्मान पनि हो । खेलाडीको लागि समावेश गरौं । जे भयो भयो अघि बढौं भन्ने थियो । हाम्रो माग बोर्डले यो थपोस भन्ने थियो ।’
‘मुख्यत हामीले ओमान भ्रमणमा गएका तीन खेलाडी वर्गीकरणमा छुटे भनेका थियौं । वहाँहरुले बोर्डबाट पारित गर्ने भन्नु भएको छ । अध्यक्ष र प्रशिक्षकले बचन दिनुभएको छ’ ,उनले टुङ्गाए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]