default_image

4 years ago

January 4, 2022

शार्दुलको कीर्तिमानी प्रदर्शन, भारतको अग्रता

353 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर शार्दुल ठाकुरको कीर्तिमानी बलिङसँगै भारतले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २० ओभरमा ८५–२ को अवस्थामा छ । पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा ५८ रनको अग्रता लिएको छ ।

भारतका चेतेश्वर पुजारा ४२ बलमा ७ चौकासहित ३५ रनमा अविजित छन् । अजिक्या रहाणेले ११ रनमा अविजित छन् । ओपनर मयंक अग्रवाल २३ र लोकेश राहुल ८ रनमा आउट भए । दक्षिण अफ्रिका मार्को ज्यानसन र डुआने ओलिवियरले १–१ विकेट लिए ।

दक्षिण अफ्रिका पहिलो इनिङमा ७९.४ ओभरमा २ सय २९ रनमा अल आउट भयो । समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिका किगन पिटरसनले १ सय १८ बलमा ९ चौका सहित सर्वाधिक ६२ रन बनाए । टेम्बा बभुमाले ६० बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान डिएन एल्गरले १ सय २० बलमा ४ चौका प्रहार गर्दै २८ रनमा आउट भए । मार्को ज्यानसन, केशव महाराज र विकेटकिपर काइल भेरेनेले २१–२१ रन बनाए ।

भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरले १७.५ ओभरमा ३ मेडन राख्दै ६१ रन खर्चेर ७ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्ध भारतीय बलरले एक इनिङमा गरेको उत्कृष्ट प्रदर्शन हो । मोहम्मद शामीले २ र जस्प्रित बुमराहले १ विकेट लिए ।

त्यसअघि दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन अन्तिम सेसनमा ६३.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतका कप्तान लोकेश राहुलले १ सय ३३ बलमा ९ चौका सहित सर्वाधिक ५० रन बनाए । भारतलाई राहुल र मयंक अग्रवालले १४.१ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तर बाँकी १३ रन जोड्न प्रमुख तीन विकेट गुमाएपछि भारतले खराब सुरुवात गरेको थियो ।

युवा तीव्र गतिका बलर मार्को ज्यानसनले अग्रवाललाई २६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर डुआने ओलिवियरले चेतेश्वर पुजारालाई तीन रनमा टेम्बा बभुमाबाट क्याच गराए ।

लगत्तै अर्को बलमा अजिंक्या रहाणे गोल्डेन डक आउट भएपछि भारत २३.४ ओभरमा ४९–३ को कमजोर अवस्थामा पुगेको थियो । हनुमा विहारीलाई कागिसो रबाडाले रास्सी भान डर डुसेनबाट २० रनमा उत्कृष्ट क्याच आउट गराएपछि भारत धरासयी बनेको थियो ।

ज्यानसनले ४६ औं ओभरको पाँचौं बलमा राहुललाई रबाडाबाट क्याच गराएपछि भारत संकटमानै परेको थियो । शार्दुल ठाकुर शून्य र मोहम्मद शामी ९ रनमा आउट भए । जस्प्रित बुमराह ११ बलमा २ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलर मार्को ज्यानसनले १७ ओभरमा ५ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र डुआने ओलिवियरले ३(३ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.