default_image

4 years ago

January 5, 2022

न्युजिल्यान्डमाथि बंगलादेशको ऐतिहासिक जित

291 views

0 Bookmark

एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा सानदार प्रदर्शनका साथ ऐतिहासिक जित हात पारेको छ । बुधबार विहान सम्पन्न खेलमा बंगलादेशले घरेलु टोली न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै नयाँ इतिहास रचेको हो ।

यो सँगै विश्व टेस्ट च्याम्पियन न्युजिल्यान्डको घरेलु मैदानमा २०१७ मार्चदेखिको अपराजित यात्रा समाप्त भएको छ । बंगलादेशले टेस्टमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो । त्यस्तै बंगलादेशले न्युजिल्यान्डमा कुनैपनि अन्तर्राष्ट्रिय खेल जितेको पहिलो पटक हो ।

४० रनको सामान्य लक्ष्य बंगलादेशले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बंगलादेशका मोमिनुल हक १३ र मुश्फिकुर रहिम ३ रनमा अविजित रहे । नाज्मुल हसन सान्टो १७ र शद्मान ईस्लाम ३ रनमा आउट भए । न्युजिल्यान्डका टिम साउथी र काइल जेमिसनले १-१ विकेट लिए।

न्युजिल्यान्ड दोस्रो इनिङमा ७३.४ ओभरमा १ सय ६९ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा १ सय ३० रनले पछि परेको न्युजिल्यान्डले समग्र ३९रनको मात्र अग्रता लिएको थियो । न्युजिल्यान्डका विल योंगले १ सय ७२ बलमा ७ चौकासहित ६९ रनको योगदान दिए । रस टेलरले १ सय ४ बलमा २ चौका सहित ४० रन बनाए ।अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । बंगलादेशका इबादोत हुसैनले ६ विकेट लिँदै जितको आधार कोरेका थिए । तस्किन अहमदले तीन विकेट लिए ।

बंगलादेशले पहिलो इनिङमा ४ सय ५८ रनमा अल आउट भएको थियो । घरलु टोली न्युजिल्यान्डको उत्कृष्ट तीव्र गतिको बलिङ सामू बंगलादेशका शीर्ष र मध्यक्रमका ब्याटरले सानदार ब्याटिङ गरेपछि अग्रता लिएको हो । ओपनर मोहम्दुल हसन जोयले २ सय २८ बलमा ७ चौकासहित ७८ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । दोस्रो विकेटका लागि जोय र नाज्मुल हसन शान्टोले १ सय ४ रनको शतकीय साझोदारी गरेका थिए ।

शान्टो १ सय ९ बलमा ७ चौका र १ छक्का सहित ६४ रनमा क्याच आउट भए । कप्तान मोनिनुल हक र लिटन दासले पाँचौं विकेटका लागि १ सय ५८ रनको शतकीय साझेदारी गरेपछि बलियो ब्याटिङ गरेको थियो । हकले २ सय ४४ बलमा १२ चौका सहित ८८ रनमा एलबीडब्लू आउट भए । विकेटकिपर लिटन दास १ सय ७७ बलमा १० चौकासहित ८६ रनमा आउट भए । तल्लोक्रमका मेहिदी हसनले ८८ बलमा ८ चौकासहित ४७ रन बनाए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए । विल वाग्ररले तीन र टिम साउथीले दुई विकेट लिए । त्यसअघि बाय ओभल माउन्ट माउन्गानुईमा टस हारेर ब्याटिङ थालेको न्युजिाल्यान्ड १०८.१ ओभरमा ३ सय २८ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका डेभन कन्वे २ सय २७ बलमा १६ चौका र १ छक्कासहित सर्वाधिक १ सय २२ रनमा क्याच आउट भए । हेनरी निकोलसले १ सय २७ बलमा १२ चौका सहित ७५ रनमा आउट भए । अन्य ब्याटरले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

विल योंग १ सय ३५ बलमा ६ चौकासहित ५२ रनमा आउट भए । ओपनर तथा कप्तान टम लाथमलाई एक रनमै गुमाएपनि दोस्रो विकेटका लागि विल योंग र डेभन कन्वेले १ सय ३८ रनको शतकीय साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । तर तल्लोक्रमका ब्याटर चल्न नसक्दा बलियो योगफल बनाउन चुकेको थियो । रस टेलर ६४ बलमा ५ चौकासहित ३१ रनमा आउट भए ।

काइल जेमिसन ६, रचिन रभिन्द्र ४ र टिम साउथी ६ रनमा आउट भए । बंगलादेशका शोरिफुल ईस्लाम र मेहिदी हसनले ३-३ विकेट लिए । यसअघि बंगलादेशले घरेलु मैदानमा पछिल्ला १७ टेस्ट खेलमा हार बेहोरेको थिएन । जुन यात्रामा बंगलादेशले पूर्णविराम लगाएको छ । दुई टेस्टको सिरिजमा बंगलादेशले १-० को अग्रता लिएको छ। न्युजिल्यान्डका नियमित कप्तान केन विलियम्सन भने चोटका कारण यस सिरिजमा छैनन् । दोस्रो तथा अन्तिम टेस्ट ९ जनवरीदेखि सुरुहुने छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.