4 years ago
January 5, 2022
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ को ३५ औं खेलमा एडिलेड स्ट्राइकर्सविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् । १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको एडिलेडले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ । एडिलेडका म्याथ्यु शर्ट ६७ रनमा अविजित छन् । सन्दीप ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको होबार्ट १९.५ ओभरमा १ सय २६ रनमा अल आउट भयो । होबार्टका डार्सी शर्टले ३२ बलमा ३ चौकासहित सर्वाधिक ३२ रन बनाए । टिम डेविडले १८ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाए । बेन म्याकडेर्मोट ११, पिटर ह्वान्डसकम्व १४ र मिचेल ववेनले १६ रन बनाए । सन्दीप लामिछानेले २ रन बनाए । कप्तान पिटर सिडेलले ३.५ ओभरमा २३ रन खर्चेर ५ विकेट लिए । राशिद खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
यस्तो रह्यो सन्दीपको चार ओभर
सन्दीपलाई होबार्टले पाँचौं ओभरमै बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमै विकेट लिँदै होबार्टलाई पहिलो सफलता दिलाए । पहिलो र दोस्रो बल हेनरी हन्टलाई लगातार डट राखे । सुरुवाती दुई बल डट खाएका हन्ट दबाबमा ठूलो सट खेल्नेक्रममा डीप मिडडिप विकेटमा डार्सी शर्टबाट १८ रनमा क्याच आउट भए ।
चौथो बल म्याथ्यु शर्टलाई डट राखेका सन्दीपले पाँचौं र छैटौं बलमा एक एक रन खर्चिदै सानदार सुरुवात गरे । सन्दीपले पहिलो ओभरमै विकेटका साथ दुई रन खर्चेर उत्कृष्ट सुरुवात गरेका थिए । सतौं ओभरमा सन्दीपले पाँचौं रन खर्चिए । म्याट रेनशा र म्याट शर्टलाई चौथो बल बाहेक अन्य सबैमा एक एक रन खर्चेका थिए ।
नवौं ओभरमा सन्दीपले आठ रन खर्चिए । पहिलो बल शर्टलाई एक रन खर्चेका सन्दीपले दोस्रो बल पनि रेनशालाई एक रननै दिए । लगत्तै वाइड फ्याले । तेस्रो र चौथो बलमा पनि सन्दीपले एक एक रन खर्चिए । पाँचौं बलमा दुई र अन्तिम बलमा एक रन खर्चिए ।
१३ औं ओभरमा सन्दीपले एक विकेट सहित रन खर्चिए । १३ औं ओभरको पहिलो बलमै म्याट रेनशालाई सन्दीपले टिम डेविडबाट १९ रनमा क्याच गराए । दोस्रो बलमा सन्दीपले म्याथ्यु शर्टलाई एक रन खर्चिए । तेस्रो बल सन्दीपले जानथान वेल्सलाई डट राख्दा चौथो बलमा एक रन खर्चिए । पाँचौं बलमा शर्टलाई दुई रन खर्चिए । सन्दीपलाई अन्तिम बलमा चौका प्रहार गरे ।
जारी बिग ब्यासमा सन्दीपको प्रदर्शन
सन्दीप जारी बिग ब्यासमा ९ खेलमा ८ विकेट लिएका छन् । चार खेलमा विकेट लिन सकेनन्। पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिँदा चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् ।
मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चिदा लगातार विकेट विहीन बनेका थिए । सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । मेलबर्न रेनेगड्सविरुद्ध सन्दीपले ३.५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिएका थिए । ब्रिसबेन हीटविरुद्ध ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]