4 years ago
January 5, 2022
एजेन्सी – भारतसँग दोस्रो टेस्ट खेलमा मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका बलियो अवस्थामा छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवास्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक हुँदा हातमा ८ विकेट छ ।

दक्षिण अफ्रिका कप्तान डिन एल्गर १ सय २१ बलमा २ चौकासहित ४६ रनमा अविजित छन् । रास्सी भान डर डुसेस ३७ बलमा ११ रनमा अविजित छन् । ओपनर एडेन मारक्रम ३८ बलमा ६ चौकासहित ३१ रन बनाउँदै आउट भए । मारक्रमलाई तीव्र गतिका बलर शार्दुल ठाकुरले एलबीडब्लू आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । तेस्रो नम्बरका किगन पिटरसनलाई रविचन्द्रन आश्विनले २८ रनमा एलबीडब्लू आउट गरे । पिटरसनले ४४ बलमा ४ चौका प्रहार गरे ।
त्यसअघि तेस्रो दिन नै भारत दोस्रो इनिङमा ६०.१ ओभरमा २ सय ६६ रनमा अल आउट भयो । भारतका अनुभवी ब्याटर अजिक्या रहाणेले ७८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । चेतेश्वर पुजाराले ८६ बलमा १० चौकासहित ५३ रन जोडे । तेस्रो विकेटका लागि रहाणे र पुजाराले १ सय ११ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएपनि त्यसपछिका ब्याटर चल्न नसक्दा मध्यम योगफलमा समेटिएको थियो ।
हुनमा विहारी ८४ बलमा ६ चौकासहित ४० रनमा अविजित रहे । कप्तान लोकेश राहुल ८, मयंक अग्रवाल २३, रविचन्द्रन आश्विन १६ र शार्दुल ठाकुर २८ रनमा आउट भए । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र लुन्गी एनगिडी र मार्को ज्यानसनले ३–३ विकेट लिए । दक्षिण अफ्रिका पहिलो इनिङमा ७९.४ ओभरमा २ सय २९ रनमा अल आउट भएको थियो । समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो । दक्षिण अफ्रिका किगन पिटरसनले १ सय १८ बलमा ९ चौका सहित सर्वाधिक ६२ रन बनाए । टेम्बा बभुमाले ६० बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान डिएन एल्गरले १ सय २० बलमा ४ चौका प्रहार गर्दै २८ रनमा आउट भए । मार्को ज्यानसन, केशव महाराज र विकेटकिपर काइल भेरेनेले २१–२१ रन बनाए ।
भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरले १७.५ ओभरमा ३ मेडन राख्दै ६१ रन खर्चेर ७ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्ध भारतीय बलरले एक इनिङमा गरेको उत्कृष्ट प्रदर्शन हो । मोहम्मद शामीले २ र जस्प्रित बुमराहले १ विकेट लिए ।
त्यसअघि दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो दिन अन्तिम सेसनमा ६३.१ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतका कप्तान लोकेश राहुलले १ सय ३३ बलमा ९ चौका सहित सर्वाधिक ५० रन बनाए । भारतलाई राहुल र मयंक अग्रवालले १४.१ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तर बाँकी १३ रन जोड्न प्रमुख तीन विकेट गुमाएपछि भारतले खराब सुरुवात गरेको थियो ।

युवा तीव्र गतिका बलर मार्को ज्यानसनले अग्रवाललाई २६ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि अर्का तीव्र गतिका बलर डुआने ओलिवियरले चेतेश्वर पुजारालाई तीन रनमा टेम्बा बभुमाबाट क्याच गराए ।
लगत्तै अर्को बलमा अजिंक्या रहाणे गोल्डेन डक आउट भएपछि भारत २३.४ ओभरमा ४९–३ को कमजोर अवस्थामा पुगेको थियो । हनुमा विहारीलाई कागिसो रबाडाले रास्सी भान डर डुसेनबाट २० रनमा उत्कृष्ट क्याच आउट गराएपछि भारत धरासयी बनेको थियो ।
ज्यानसनले ४६ औं ओभरको पाँचौं बलमा राहुललाई रबाडाबाट क्याच गराएपछि भारत संकटमानै परेको थियो । शार्दुल ठाकुर शून्य र मोहम्मद शामी ९ रनमा आउट भए । जस्प्रित बुमराह ११ बलमा २ चौका र १ छक्कासहित १४ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलर मार्को ज्यानसनले १७ ओभरमा ५ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडा र डुआने ओलिवियरले ३-३ विकेट लिए । तीन टेस्टको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । पहिलो टेस्टमा भारत १ सय १३ रनले विजयी भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]