default_image

4 years ago

January 6, 2022

तीन नयाँ अनुहार समेट्दै पिएमकप खेल्ने कर्णालीको टोली घोषणा

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीन नयाँ अनुहार समेट्दै कर्णाली प्रदेशले सोमबारदेखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । रविन्द्रजंग शाहीको कप्तानीमा घोषणा टोलीमा तीन नयाँ अनुहार छन् ।

लेगस्पिनर अनुप कुँवर , शीर्षक्रमका मनिश थापा र मध्यक्रमका ब्याटर अर्जुन घर्तीले पहिलो पटक कर्णालीको टोलीमा परेका हुन् । अनुप र मनिशले अघिल्लो महिना यू–१९ राष्ट्रिय प्रतियोगिता खेलेका थिए । कर्णालीले यू–१९ टोलीका कप्तान निश्चल रावललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।

कर्णालीको टोलीमा रविन्द्रसँगै गतवर्ष उत्कृष्ट प्रभाव छाडेका तीव्र गतिका बलर अनुज चनारा, घरेलु क्रिकेटमा राम्रो छाप छोड्दै आएका विकेटकिपर विपिन रावल, यू–१९ राष्ट्रिय क्रिकेट टोलीका स्टार प्रकाश जैशी लगायतका खेलाडी छन् । गतवर्ष कर्णालीले प्रधानमन्त्री कपमा राम्रो प्रभाव छाडेको थियो । गण्डकीलाई ५ विकेटले हराउँदै पहिलो पटक प्रधानमन्त्री कपमा उपाधि जितेको थियो । गत वर्ष हिमान्शु शाही र हेमन्त ओलीले ब्याटिङमा राम्रो प्रभाव छाडेका थिए । चनाराले ८ विकेट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सम्म परेका थिए ।

तीव्र गतिका बलर प्रकाश जैशीले अघिल्लो महिना यू–१९ राष्ट्रिय प्रतियोगितामा ६ खेलमा १५ विकेट लिएका थिए । जसक्रममा उनले प्रदेश २ विरुद्ध एक्लै ८ र लुम्बिनीविरुद्ध ५ विकेट लिएका थिए । चनारा र जैशीको जोडीले तीव्र गतिको बलिङ आक्रामण मजबुत बनेको छ । कप्तान रविन्द्रको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनी कर्णालीका वान म्यान आर्मी हुन् ।

प्रधानमन्त्रीकप सोमबार देखि सुरु हुनेछ । यसअघिका चार संस्करण प्रधानमन्त्री कप एकदिवसिय शैलीमा भएपनि यस पटक फेब्रुअरीमा हुने टि२० विश्वकप ग्लोबल छनोटको कारण टि२० शैलीमा हुन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक रुपमा खेल तालिका भने सार्वजनिक गरेको छैन । ७ प्रदेश र तीन विभागीय टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता हुनेछ ।

कर्णालीको टोली : रविन्द्रजंग शाही (कप्तान), प्रकाश जैशी, निश्चल रावल (उपकप्तान), दिवान पुन, अनुज चनारा, हिमान्शु शाही, दीनेश अधिकारी, विपिन रावल, हेमन्त ओली, अर्जुन घर्ती, राज कुमार शाह, मनिश थापा, अनुप कुँवर र रुपक ढकाल ।

टिम म्यानेजर : रोशन शाही

प्रशिक्षक : विरेन्द्र शाही

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.