default_image

4 years ago

January 7, 2022

अष्ट्रेलियाविरुद्ध बेयरस्टोको उत्कृष्ट शतक

164 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका मध्यक्रमका ब्याटर जोनी बेयरस्टोले अष्ट्रेलियासँगको विश्व चर्चित एसेज सिरिज अन्तर्गत चौथो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । बेयरस्टोको शतकसँगै इंग्ल्यान्डले पहिलो इनिङमा प्रतिस्पर्धात्मक योगफल बनाएको छ ।

पहिलो इनिङमा इंग्ल्यान्ड ७० ओभरमा २५८–७ को अवस्थामा तेस्रो दिनको समाप्ति भएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा अझै १ सय ५८ रनले पछि छ । बेयरस्टो १ सय ४० बलमा ८ चौका र ३ छक्कासहित १ सय ३ रनमा अविजित छन् । बेयस्टोको यो टेस्ट करिअरको छैटौं शतक हो । एक समय ३६–४ को कमजोर अवस्थाबाट बेन स्टोक्स र बेयरस्टोले १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ इंग्ल्यान्डको इनिङ सम्हाल्लेका थिए ।

स्टोक्स ९१ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा एलबीडब्लू आउट भए । स्टोक्सलाई नाथन लायनले एलबीडब्लू आउट गरे । तल्लोक्रमका मार्कवुड ४१ बलमा २ चौका र ३ छक्कासहित ३९ रनमा आउट भए । इंग्ल्यान्डको शीर्षक्रम ब्याटिङ सम्झन लायक रहेन । मिचेल स्टार्कले हसिब हमिदलाई ६ रनमा बोल्ड आउट गरे । ज्याक क्रलीलाई स्कट बोल्यान्डले १८ रनमा बोल्ड गरे ।


डेविड मलान ३ र कप्तान जो रुट शून्यमा आउट भएपछि इंग्ल्यान्ड २०.१ ओभरमा ३६–४ को दयनिय अवस्थामा पुगेको थियो । बोल्यान्डले स्टिभ स्मिथबाट रुटलाई क्याच गराएका थिए । प्याट कमिन्सको बलमा जस बटलर शून्यमा उस्मान खवाजाबाट क्याच आउट भए । अष्ट्रेलियाका प्याट कमिन्स र स्कट बोल्यान्डले २–२ विकेट लिएका छन् । मिचेल स्टार्क, क्यामरन ग्रिन र नाथन लायनले १–१ विकेट लिए ।

त्यसअघि दोस्रो दिन अष्ट्रेलियाले पहिलो इनिङमा १३४ ओभरमा ४१६–८ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलिया उस्मान खवाजाले २ सय ६० बलमा १३ चौका सहित १ सय ३७ रनको शतकीय इनिङ खेले । खवाजाको टेस्टको नवौं शतक हो । खवाजाले २०१९ अगष्टमा इंग्ल्यान्डसँग एसेज सिरिपछि पहिलो पटक खेलेका हुन् ।

उपकप्तान स्टिभ स्मिथले १ सय ४१ बलमा ५ चौका सहित ६७ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि स्मिथ र खवाजाले २ सय ६३ बलमा १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।

डेविड वार्नर ७२ बलमा ६ चौका सहित ३० रनमा स्टुअर्ट व्रोड बलमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए । मार्कस हरिस ३८ र मार्नस लाबुसेन २८ रनमा क्याच आउट भए । त्यसपछि स्मिथ र खवाजाको शतकीय साझेदारीले अष्ट्रेलिया सम्हाल्लिएको थियो । मिचेल स्टार्क ३४ र नाथन लायन १६ रनमा अविजित रहे । प्याट कमिन्स २४, एलेक्स केरी १३ र क्यामरन ग्रिन ५ रन बनाए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले २९ ओभरमा ५ मेडनसहित १ सय १ रन खर्चेर ५ विकेट लिए । पाँच टेस्टको एसेजमा घरेलु टोली अष्ट्रेलियाले सुरुवाती तीन खेल्दै ट्रफी जितेको छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.