4 years ago
January 7, 2022
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सोमबारदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको लागि शरद भेषावकरको कप्तानीमा दुई नयाँ अनुहार समेट्दै टोली घोषणा गरेको छ । १४ सदस्य घोषणा टोलीमा एपिएफमा दुई नयाँ अनुहार छन् ।

युवा ब्याटिङ अलराउन्डर दीपक बोहरा र पुरण वि.क पहिलो पटक राष्ट्रिय प्रतियोगिताको टोलीमा परेका छन् । एपिएफले तीन खेलाडी परिवर्तन गरेको छ । सुदूरपश्चिम प्रदेशका स्टार ब्याटर लोकेश बम, दीपक बोहरा र पुरण वि.क एपिएफबाट पहिलो पटक परेका हुन् ।
लोकेशले राष्ट्रिय प्रतियोगिता खेल्दै नेपालको सिनियर टोलीको बन्द प्रशिक्षणमा परिसकेका छन् । गतवर्ष त्रिभुवन आर्मी क्लबबाट प्रधानमन्त्री कप खेलेका लोकेशले यस पटक एपिएफबाट खेल्न लागेका हुन् । दीपक र पुरणले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेल्नेछन् ।
यस पटक एपिएफको टोलीमा नेपाली सिनियर टोलीका सुवास खकुरेल, स्पिनर वसन्त रेग्मी र शंकर राना छैनन् । सुवासले काठमाडौंबाट बागतमी प्रदेश छनोट खेलेका छन् । वसन्त अमेरिकामा हुँँदा शंकर नेपाल पुलिस क्लबमा छन् । गत वर्ष एपिएफमै रहेका स्पिनर सूर्य तामाङले भने एपिएफ छाडिसकेका छन् ।

एपिएफको टोलीमा सन्दीप जोरा, अभिनाश बोहरा, आशिफ शेख र शरद भेषावकर लगायतका चर्चित खेलाडी छन् । एपिएफको तीव्र गतिको बलिङ युनिटमा किशोर महतो, अभिनाश र कमलसिंह ऐरी छन् ।
एपिएफ समूह बी मा छ । एपिएफ, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । पुष २६ मा एपिएफले प्रदेश २ सँग टियु मैदानमा खेल्दै सुरुवात गर्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुने ।
एपिएफको टोली : शरद भेषावकर (कप्तान), प्रदीप ऐरी (विकेटकिपर), किशोर महतो, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, अमरसिंह राउटेला, आशिफ शेख (विकेटकिपर), पुरण वि.क, सुमित महर्जन, लोकेश बम, रित गौतम, भुवन कार्की र दीपक बोहरा ।
प्रशिक्षक : राजेश श्रेष्ठ
व्यवस्थापक : अमित मल्ल
एपिएफको खेल तालिका
पुष २६ (१० जनवरी) – एपिएफविरुद्ध प्रदेश २, टियु मैदान (दिउँसो)
पुष २७ (११ जनवरी) – एपिएफविरुद्ध बागमती, टियु (दिउँसो)
पुष २८ (१३ जनवरी) – एपिएफविरुद्ध गण्डकी, मुलपानी (दिउँसो)
पुष २९ (१४) जनवरी – एपिएफविरुद्ध लुम्बिनी, मुलपानी (दिउँसो)
यो पनि पढ्नुहोस् : दीपकले एपिएफबाट प्रधानमन्त्री कप खेल्ने
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]