default_image

4 years ago

January 8, 2022

सन्दीपको राम्रो प्रदर्शन

221 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१÷२२ को ४१ औं खेलमा ब्रिसबेन हीटसँगको राम्रो प्रर्दशन गरेका छन् । ब्रिसबेन हीटले सन्दीप सम्मिलित होबार्ट हरिकेन्सलाई १ सय ४५ रनको मध्यम विजयी लक्ष्य दिएको छ ।


द गाब्बा ब्रिसबेनमा टस हारेर ब्याटिङ थालेको हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनायो । हिटका लागि विकेटकिपर लाचलान फेफरले ५१ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६९ रनको योगदान दिए । ज्याक वुडले १२ र विल प्रसविजले २१ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

होबार्ट हरिकेन्सका स्पिनर सन्दीपले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मिचेल ओवेनले २, राइली मेरिडिथ, थोमस रेजर्स र टिम डेविडले १-१ विकेट लिए


सन्दीपको चार ओभर यस्तो रह्यो

होबार्टले सन्दीपलाई छैटौं ओभरमा बलिङमा ल्याएको थियो । लाचलान फेफरलो छक्का प्रहार गर्दै सुरुवात गरेका थिए । दोस्रो बलमा सन्दीपले एक रन दिँदा तेस्रो बल ज्याक लेहमनलाई डट राखे । चौथो बलमा सन्दीपले ज्याक लेहमनलाई ९ रनमा एलबीडब्लू आउट गर्दै आफ्नो पहिलो विकेट लिए । पाँचौं बल साम हेजलेटलाई डट राख्दा अन्तिम बलमा एक रन दिए । सम्रगमा सन्दीपले आफ्नो पहिलो ओभरमा ८ रन खर्चेर १ विकेट लिए ।

नवौं ओभरमा सन्दीपले चार बल डट राख्दै मात्र दुई रन खर्चिए । पहिलो बल टम कपुरलाई एक रन दिएका थिए । लाचलानले दोस्रो बल डट खादा तेस्रो बलमा एक रन बटुले । त्यसपछिका तीनै बल सन्दीपले डट राखेका थिए ।

१३ औं ओभरमा सन्दीपले ८ रन खर्चेर १ विकेट लिए । सन्दीपले पहिलो र दोस्रो बलमा एक एक रन खर्चिएका थिए । तेस्रो र चौथो बल डट राखे । तर पाँचौं बलमा ज्याक वुडले लङअनमा छक्का प्रहार गरेका थिए । अन्तिम बलमा वुड १२ रनमा बेन म्याकडेर्मोटबाट क्याच आउट भए । सन्दीपले १५ औं ओभरमा ५ रन दिएर आफ्नो स्पेल सकाए ।


पहिलो बल लाचलानलाई एक रन दिँदा दोस्रो बल स्टीवन म्याकगिफिनडट राखे । तेस्रो र चौथो बलमा सन्दीपले एक एक रन खर्चिए । पाँचौं बल डट राख्दा अन्तिम बलमा दुई रन खर्चिए ।

जारी बिग ब्यासमा सन्दीपको प्रदर्शन

सन्दीप जारी बिग ब्यासमा १० खेलमा १० विकेट लिएका छन् । चार खेलमा विकेट लिन सकेका थिएनन् । पहिलो खेलमा सिड्नी सिक्सर्ससँग १ विकेट लिएका थिए । सन्दीप दोस्रो खेलमा सिक्सर्ससँगनै विकेट विहीन बनेका थिए । तेस्रो खेलमा पर्थ स्कोचर्ससँग १ विकेट लिँदा चौथो खेलमा पर्थ स्कोचर्सविरुद्ध ४ ओभरमा ३९ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् ।

मेलबर्न स्टार्ससँग ४ ओभरमा ३२ र पर्थ स्कोचर्ससँग ४ ओभरमा ३९ रन खर्चिदा लगातार विकेट विहीन बनेका थिए । सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ३ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेका थिएनन् । मेलबर्न रेनेगड्सविरुद्ध सन्दीपले ३।५ ओभरमा ३२ रन खर्चेर तीन विकेट लिएका थिए ।

ब्रिसबेन हीटविरुद्ध ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए । नवौं खेलमा सन्दीपले एडिलेड स्ट्राइकर्सविरुद्ध ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.