4 years ago
January 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आक्रामक ब्याटर सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोेषणा गरेको छ ।

घोषणा टोलीमा सिद्धान्तसँगै स्पिनर दीपेश कँडेल, यू१९ राष्ट्रिय प्रतियोगिता शतकधारी सोनु अन्सारी, घरेलु क्रिकेटमा राम्रो छाप छाडेका तीव्र गतिका बलर कमल खत्री लगायतका खेलाडी छन् ।
प्रधानमन्त्री कप पुष २६ देखि ५ गते सम्म काठमाडौं र मुलपानीमा हुनेछ । प्रदेश १ समूह ए मा छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर १ छन् । प्रदेश १ ले पुष २७ मा कर्णाली प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ । शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुनेछ । समूह बी मा एपिएफ, बागमती, लुम्बिनी, प्रदेश २ र गण्डकी छन् ।
प्रदेश १ को टोलीः
सिद्धान्त लोहनी (कप्तान), मुकुन्द यादव, श्रेवण यादव, दीपेश कँडेल, मिनाश थापा, शाकिब हक, अंकित सुवेदी(उपकप्तान), मनोज तामाङ, बिधान गोस्वामी, सोनु अन्सारी, सुमन श्रेष्ठ (विकेटकिपर), फिर्दोस अन्सारी, कमल खत्री र विवेक मेहता
प्रशिक्षक : लाक्पा लामा
व्यवस्थापक : अजय राजवंशी
प्रदेश १ को खेल तालिका
पुष २७ ( ११ जनवरी) – कर्णाली प्रदेशसँग, मुलपानी मैदान(विहान)
पुष २९ (१३ जनवरी) – आर्मीसँग, मुलपानी (विहान)
माघ १ (१५ जनवरी) – प्रदेश १ सँग, टियु मैदान(विहान)
माघ २ (१६ जनवरी) – सुदूरपश्चिमसँग, टियु (विहान)
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]