4 years ago
January 9, 2022
एजेन्सी – ओपनर तथा कप्तान टम लाथमको उत्कृष्ट ब्याटिङसँगै न्युजिल्यान्डले बंगलादेशसँगको दोस्रो टेस्ट खेलमा सानदार ब्याटिङ गरेको छ । क्राइस्टचर्चमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डलो ९० ओभरमा ३४९–१ को अवस्थामा पहिलो दिनको खेल सकिएको छ ।

टम लाथम २ सय ७८ बलमा २८ चौकासहित १ सय ८६ रनमा अविजित छन् । लामथ आफ्नो टेस्ट करिअरको दोस्रो दोहोरो शतक बनाउन अव १४ रनले टाढा छन् । लामथको टेस्ट करिअरको १२ औं शतक हो । डेभन कन्वे १ सय ४८ बलमा १० चौका र १ छक्कासहित ९९ रनमा अविजित छन् । कन्वेले पहिलो खेलमा पनि शतक प्रहार गरेका थिए ।
दोस्रो विकेटका लागि ३ सय १२ बलमा २ सय १ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरि सकेका छन् । न्युजिल्यान्डलाई ओपनर विल योंग र लाथमले पहिलो विकेटका लागि ३८ ओभरमा १ सय ४८ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिएका थिए । विल योंग शोरिफुल ईस्लामको बलमा मोहम्मद नइमबाट ५४ रनमा क्याच आउट भएका थिए । उनले १ सय १४ बलमा ५ चौकासहित ५४ रन बनाए ।
दुई टेस्टको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ । पहिलो खेलमा बंगलादेश ८ विकेटले विजयी भएको थियो । बंगलादेशको टेस्ट इतिहासमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]