4 years ago
January 9, 2022
एजेन्सी – एसेज सिरिज अन्तर्गत अष्ट्रेलिया र इंग्ल्यान्डको चौथो टेस्ट खेल रोमान्चक बराबरीमा सकिएको छ । ३ सय ८८ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ सय २ ओभरमा २७०-९ को अवस्थामा पाँचौं दिनको खेल सकिएसँगै बराबरी भएको थियो ।

अन्तिम विकेटका लागि क्रिजमा रहेका जेम्श एन्डरसन र स्टुअर्ट ब्रोडले १२ बल रोक्दै इंग्ल्यान्डलाई हराबाट जोगाएका थिए । ३५ बल खेलेका स्टुअर्ट ब्रोडले ८ रन बनाए । एन्डरसनले ६ बलमा कुनै रन बनाएनन् ।
इंग्ल्यान्डका ओपनर ज्याक क्रलीले १ सय बलमा १३ चौका सहित सर्वाधिक ७७ रन बनाए । बेन स्टोक्सले १ सय २३ बलमा १० चौका र १ छक्कासहित ६० रन बनाए । जोनी बेयरस्टोले १ सय ५ बलमा ३ चौकासहित ४१ रन बनाए । हसिब हमिद ९, डेविड मलान ४, जो रुट २४, जसबटलर ११ र ज्याक लेचले २६ रन बनाए ।
अष्ट्रेलिया तीव्र गतिका बलर स्कट बोल्यान्डले सर्वाधिक तीन विकेट लिए । प्याट कमिन्स र नाथन लायनले २-२ विकेट लिए । क्यामरन ग्रिन र स्टिभ स्मिथको नाममा १-१ विकेट रह्यो ।
अष्ट्रेलियाले दोस्रो इनिङमा ६८.५ ओभरमा २६५–६ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । उस्मान खवाजा १ सय ३८ बलमा १० चौका र २ छक्का सहित १ सय १ रनको शतकीय अविजित इनिङ खेले । खवाजाको टेस्ट कअिरको १० औं शतक हो । लगातार दोस्रो शतक हो । खवाजाले पहिलो इनिङमा १ सय ३७ रनको शतकीय इनिङ खेलेका थिए । खवाजानै खेलको प्लेयर अफ द म्याच चुनिए ।

२०१९ पछि अष्ट्रेलिया टेस्ट टोलीमा पूनरागमन गर्दै खवाजाले सानदार शतक प्रहार गरेका हुन् । युवा अलराउन्डर क्यामरन ग्रिनले १ सय २२ बलमा ७ चौका र १ छक्कासहित ७४ रनको इनिङ खेले ।
ग्रिन र खवाजाले पाँचौं विकेटका लागि १ सय ७९ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ बलियो योगफलमा पुर्याए । शीर्षक्रमका ब्याटर मार्कस हरिस २७, डेविड वार्नर ३, मार्नस लाबुसेन २९ र स्टिभ स्मिथ २३ रनमा आउट भए । इंग्ल्यान्डका ज्याक लेचले सर्वाधिक ४ विकेट लिए । मार्कवुडले २ विकेट लिए ।
पहिलो इनिङमा इंग्ल्यान्ड ७९.१ ओभरमा २ सय ९४ रनमा अल आाउट भयो । पहिलो इनिङमा इंग्ल्यान्ड १ सय २२ रनले पछि परेको थियो। बेयरस्टो १ सय ५८ बलमा ८ चौका र ३ छक्कासहित १ सय १३ शतकीय इनिङ खेले । बेयस्टोको यो टेस्ट करिअरको छैटौं शतक हो । एक समय ३६–४ को कमजोर अवस्थाबाट बेन स्टोक्स र बेयरस्टोले पाँचौं विकेटका लागि १ सय २८ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ इंग्ल्यान्डको इनिङ सम्हाल्लेका थिए ।
स्टोक्स ९१ बलमा ९ चौका र १ छक्कासहित ६६ रनमा एलबीडब्लू आउट भए । स्टोक्सलाई नाथन लायनले एलबीडब्लू आउट गरे । तल्लोक्रमका मार्कवुड ४१ बलमा २ चौका र ३ छक्कासहित ३९ रनमा आउट भए । इंग्ल्यान्डको शीर्षक्रम ब्याटिङ सम्झन लायक रहेन । मिचेल स्टार्कले हसिब हमिदलाई ६ रनमा बोल्ड आउट गरे । ज्याक क्रलीलाई स्कट बोल्यान्डले १८ रनमा बोल्ड गरे ।

डेविड मलान ३ र कप्तान जो रुट शून्यमा आउट भएपछि इंग्ल्यान्ड २०।१ ओभरमा ३६–४ को दयनिय अवस्थामा पुगेको थियो । बोल्यान्डले स्टिभ स्मिथबाट रुटलाई क्याच गराएका थिए । प्याट कमिन्सको बलमा जस बटलर शून्यमा उस्मान खवाजाबाट क्याच आउट भए । अष्ट्रेलियाका स्कट बोल्यान्डले सर्वाधिक ४ विकेट लिए । प्याट कमिन्स र नाथान लायनले २–२ विकेट लिए । मिचेल स्टार्क र क्यामरन ग्रिनको नाममा १–१ विकेट रह्यो ।
त्यसअघि दोस्रो दिन अष्ट्रेलियाले पहिलो इनिङमा १३४ ओभरमा ४१६–८ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो । अष्ट्रेलिया उस्मान खवाजाले २ सय ६० बलमा १३ चौका सहित १ सय ३७ रनको शतकीय इनिङ खेले । खवाजाको टेस्टको नवौं शतक हो । खवाजाले २०१९ अगष्टमा इंग्ल्यान्डसँग एसेज सिरिपछि पहिलो पटक खेलेका हुन् ।
उपकप्तान स्टिभ स्मिथले १ सय ४१ बलमा ५ चौका सहित ६७ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि स्मिथ र खवाजाले २ सय ६३ बलमा १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए ।
डेविड वार्नर ७२ बलमा ६ चौका सहित ३० रनमा स्टुअर्ट व्रोड बलमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए । मार्कस हरिस ३८ र मार्नस लाबुसेन २८ रनमा क्याच आउट भए । त्यसपछि स्मिथ र खवाजाको शतकीय साझेदारीले अष्ट्रेलिया सम्हाल्लिएको थियो । मिचेल स्टार्क ३४ र नाथन लायन १६ रनमा अविजित रहे । प्याट कमिन्स २४, एलेक्स केरी १३ र क्यामरन ग्रिन ५ रन बनाए ।
इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले २९ ओभरमा ५ मेडनसहित १ सय १ रन खर्चेर ५ विकेट लिए । पाँच टेस्टको एसेजमा घरेलु टोली अष्ट्रेलियाले सुरुवाती तीन खेलमा जितका साथ ट्रफी जिति सकेको छ । पहिलो खेलमा अष्ट्रेलिया ९ विकेट, दोस्रो खेलमा २ सय ७५ रन र १४ रनको इनिङ अन्तरले विजयी भएको थियो । पाँचौं तथा अन्तिम टेस्ट खेल १४ जनवरी देखि होबार्टमा सुरुहुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]