4 years ago
January 9, 2022
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर हासिम अन्सारीको कप्तानीमा प्रदेश २ ले सोमबारबाट काठमाडौंमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।

युवा अलराउन्डर विवेक यादवलाई प्रदेश २ ले उपकप्तानको जिम्मेवारी दिएको छ । प्रदेश २ को टोलीमा हरिशंकर शाह, विवेक यादव, कुमार थापा र महबुब आलम लगायतका खेलाडी छन् । हासिमले प्रदेश २ को टोलीमा पूनरागमन गरेका हुन् । गत वर्ष प्रधानमन्त्री कप टोलीमा हासिम टोलीमा थिएनन् ।
गत वर्ष प्रधानमन्त्री कपमा प्रदेश २ ले इतिहासकै खराब प्रदर्शन गरेर फर्किएको थियो । हासिमले नेपालको लागि २०१२ मा यू१९ विश्वकप खेलेका थिए । २०७४ को प्रधानमन्त्री कपमा शतक प्रहार गरेका थिए । नेपाली यू-१९ क्रिकेटमा राम्रो छाप छाडेका युवा ओपनर सन्तोष कार्की टोलीमा छन् । सन्तोष आक्रामक ब्याटिङको क्षमता राख्छन् । प्रधानमन्त्री कप पुष २६ देखि माघ ५ सम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
प्रदेश २ सँगै लुम्बिनी, बागमती, एपिएफ र गण्डकी समूह बी मा छन् । समूह ए मा आर्मी, पुलिस, कर्णाली, प्रदेश १ र सुदूरपश्चिम छन् । हरेक समूह शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । प्रदेश २ ले सोमबार दिउँसो एपिएफसँग टियु मैदानमा खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।
प्रदेश २ को टोली :
हासिम अन्सारी (कप्तान), सुरज पटेल, हरिशंकर शाह, सन्तोष कार्की, आदिल आलम, विवेक यादव (उपकप्तान), राहुल प्रताप सिंह, महबुब आलम, रुपेश सिंह, विशाल शुश्लिङ, हरि कृष्ण झा, प्रतिक यादव, जितेन्द्र यादव र कुमार थापा ।
प्रदेश २ को खेल तालिका
पुष २६ (१० जनवरी) – एपिएफसँग, टियु मैदान (दिउँसो)
पुष २७ (११ जनवरी) – गण्डकीसँग, मुलपानी मैदान (दिउँसो)
पुष २९ ( १३ जनवरी) – लुम्बिनीसँग, टियु (दिउँसो)
पुष ३० ( १४ जनवरी) – बागमतीसँग, टियु (दिउँसो)
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]