4 years ago
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि ४९ रनको सहज जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो । विकेटकिपर सुवास खकुरेलले ५३ बलमा ३ चौकासहित सर्वाधिक ५१ रन बनाए । ईशान पाण्डे १३, ज्ञानेन्द्र मल्ल १९, आदिल खान २, सुमन सुनार ४, नन्दन यादव ५ र विपिन आचार्यले ६ रन बनाए ।
लुम्बिनी प्रदेशका तीव्र गतिका बलर दुर्गेश गुप्ता र स्पिनर अनिल खरेलले २–२ विकेट लिए । सिद्धान्त शाही, बशिर अहमद र विशाल विक्रम केसीले १–१ विकेट लिए ।
१ सय १५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा ६५ रनमा अल आउट भयो । लुम्बिनी प्रदेशका कप्तान कृष्ण कार्कीले १३ बलमा २ छक्कासहित १६ रन बनाए । बशिर अहमदले २४ बलमा ११ रन जोडे । अन्य कुनैपनि ब्याटरले दोस्रो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सौरभ खनाल, सुशान्त थापा र अनिल खरेल शून्यमा आउट भए । तीव्र गतिका बलर नन्दन यादवले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । रामनगरेश गिरीले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । सुवास खत्री र तिलकराज भण्डारीले २–२ विकेट लिए ।
मुलपानीमा भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २ रनले हरायो । टियुको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । टियुको अर्को खेलमा एपिएफले प्रदेश २ लाई २४ रनले हरायो ।
समूह ए मा साविक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन् । समूह बी मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् । हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुनेछ । खेल मुलपानी र टियु मैदानमा हुनेछ । सेमिफाइनल र फाइनल टियुमा हुनेछन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]