default_image

4 years ago

January 10, 2022

जब क्रिकेटमा १० खेलाडी मात्र खेल्नु पर्यो..

755 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

टियु क्रिकेट मैदानमा सोमबारबाट सुरु भएको प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध फिल्डिङ र ब्याटिङ दुबैमा १० खेलाडीमा सिमित भएर खेल्यो । उद्धघाटन खेलमा कर्णाली प्रदेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीले टस हारेर पहिला ब्याटिङको निम्तो पाउँदा कप्तान विनोद भण्डारीले प्लेइङ ११ कै नाम बुझाएका थिए । तर प्लेइङ ११ मा नाम रहेका सोनु तामाङ मैदानमा उत्रन नसक्दा टोलीले १० खेलाडीमा सिमित भएर खेल्नु पर्यो । सोनु खेल्न नपाउनुको कारणबारे भने कप्तान र संघको आ-आफ्नै दावी छ ।

क्रिकेटमा कति खेलाडी हुन्छन् ? सझिलै क्रिकेट बुझ्ने जो कोहिले ११ खेलाडी भन्छन् । कुनैपनि खेलाडी घाइते वा अस्वस्थ भएर ब्याटिङ गर्न नसकेपनि उसको स्थानमा फिल्डिङ गर्न भने अर्को वैकिल्पक फिल्डर उत्रन्छन् । खेलाडी घाइते वा विरामी भएमा त्यसको स्थानमा अर्को खेलाडीले ब्याटिङ गर्न पाउँदैन । पछिल्लो समय आइसिसीको नियम अनुसार टाउकोमा बलले लागेमा कन्कसन (होस हराउने) वा खेलको क्रममा कसैलाई कोरोना लागेको खण्डमा भने उक्त खेलाडीको स्थानमा अर्कोले ब्याटिङ गर्न पाउँछ ।

प्रायजसो ब्याटिङमा रिटायर्ड हर्ट भएर टोली अलआउट भएपनि फिल्डिङमा भने ११ खेलाडी नै रहने गर्दछन् । तर सोमबार आर्मीले १० खेलाडी मै खेल खेल्दै जित निकाल्यो । सायद नेपाली घरेलु क्रिकेटमा यो पहिलो पटक घटेको घटना होला । फिल्डिङको क्रममा १० खेलाडी सिमित भएको विश्व क्रिकेटमा सायदै अर्को अधिकारिक खेल होला ।

पहिलो ब्याटिङमा उत्रिएको आर्मीले तुलनात्मक रुपमा कमजोर कर्णालीविरुद्ध अपेक्षा भन्दा खराब ब्याटिङ गर्यो । लगातार विकेट गुमाएपछि आर्मीले आफ्नो नवौं विकेटको रुपमा २० औं ओभरको पहिलो बलमा सुशान भारीलाई गुमाएको थियो । भारी तीव्र गतिका बलर अनुज चनाराको बलमा लङअफमा अर्जुन घर्तीबाट क्याच आउट हुन पुगे । त्यसपछि मैदानमा प्लेइङ ११ मा रहेका सोनु तामाङ अन्तिम विकेटका रुपमा क्रिजमा प्रवेश गर्नु पर्ने हो । तर उनी पेभिलिएनबाट मैदान आएनन् ।

सोनु तामाङ ब्याटिङमा नआएपछि कर्णाली अन्यौलमा पर्यो । जितेन्द्र मुखियाले ८ रनमा रहँदा क्रिजमा अम्पायरको जवाफ सुनेका थिए । कर्णालीका खेलाडी आर्मी अलआउट भएको वा नभएकोमा अन्यौलमा थिए । कर्णालीका खेलाडीलाई पनि के कारण सोनु क्रिजमा नआएको थाहा थिएन । उनीहरु सिधै मैदानबाहिर आउन सकेनन् ।

खेल केहि समय रोकिएपछि मैदान बाहिर आएका थिए । सोनु ब्याटिङमा नआएपछि आर्मीको योगफल १ सय १६ रनमा सिमित भयो । स्कोरकार्डमा एब्सेन्ट हर्ट (चोटका कारण अनुपस्थित) लेखिएका उनी विरामीको कारण ब्याटिङमा नआएको जनाइएको थियो । त्यसैले उनको स्थानमा अर्कोले फिल्डिङ गर्ने अनुमान गरिएको थियो ।

फिल्डिङका लागि प्रवेश गर्ने क्रममा आर्मीले वैकल्पिक खेलाडी आकाश चन्दलाई मैदानमा छिरायो । तर अम्पायर दुर्गानाथ सुवेदी र हिमाल गिरीले अस्वीकार गर्दै फर्काएपछि आर्मीका १० खेलाडीले मात्र फिल्डिङ गरे । तीव्र गतिका बलर जितेन्द्र मुखियाको घातक बलिङको सहयोगमा आर्मीले कर्णालीलाई १४.४ ओभरमा ५३ रनमा अल आउट गर्दै सहज जित निकाल्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका जितेन्द्रले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । तर पूरा इनिङमा आर्मीको १० खेलाडीले मात्र फिल्डिङ गरे ।

खेलपछि आर्मीका कप्तान विनोद भण्डारीले सोनु तामाङ बिरामी भएका कारण क्रिजमा नआएको जनाए । ‘खेलाउन त ११ जना खेलाएको हो । म ब्याटिङ गरेर भित्र जाँदा सोनु विरामी भएर गएका थिए । म्याच अफिसियलसँग कुरा गर्दा अहिले तिमीहरु १० नै खेल्न पाउँछौं । खेलाडी छैन भनेपछि त्यो कुरा आएको हो’, १० खेलाडी खेलेको बारे कप्तान विनोदले भने ।

‘सोनु ज्वरो आयो भनेर गएको हो । उसको ठाउँमा वैकल्पिक खेलाडी खेल्न पाउथ्यो होला नि ? मैले फिल्डिङ पाउनु पर्यो भनेर कुरा गरेको थिएँ । तर पाउँदैनौ भन्नुभयो’, विनोदले भने, ‘१० जना खेल्दा जहिले पनि गाह्रो नै हुन्छ । फिल्डिङमा एउटा स्थान खाली नै भएको हुन्छ । आज कर्णाली भएर अलिकति सहज भयो । अरु टिम भएको भए हामीलाई गाह्रो नै हुन्थ्यो ।’

म्याच रेफ्री समिर खानले आर्मीले सोनु क्रिजमा नआउनुको कुनैपनि कारण नबताएको कारण फिल्डिङमा वैकिल्पक खेलाडीलाई अनुमति नदिएको बताए । ‘अम्पायरले सोधेको पनि हो । आर्मीले हाम्रो इनिङ सकियो भनेका थिए । फिल्डिङमा आउँदा उनीहरुले वैकल्पिक खेलाडी मागेका थिए । तर अनुपस्थित भएको बिरामी भएर हो वा चोट लागेर हो, यकिन कारण खुलेन । त्यसकारण अन्य अवस्थामा वैकल्पिक खेलाडी दिने कुरा भएन’, खानले भने ।

‘वैकल्पिक खेलाडी दिन खेलाडी बिरामी, चोट वा कुनै स्वीकार्य कारण हुनपर्यो । अम्पायर सन्तुष्ट हुने कुनै कारण हुनुपर्यो । यो अवस्था भएको खण्डमा मात्र अम्पायरले वैकल्पिक खेलाडीलाई अनुमति दिन्छ । यो वाहेक अन्य कुरामा दिँदैन । कारण नखुलाएको कारण उनीहरुलाई वैकल्पिक खेलाडी दिन मिलेन’, खानले प्रष्ट पारे ।

नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले सोनु खेल्न नपाउनुमा उनले जिल्लाबाट फुकुवा पत्र नल्याउँदा खेल्न नपाएको जानकारी दिए । ‘आर्मीबाट प्राप्त खेलाडी सुचिमा सोनु तामाङको नाम थियो । वहाँले भर्खर जिल्ला छनोट खेलेको हुँदा त्यहाँबाट फुकुवा पत्र चाहिन्थ्यो । त्यो लेटर समयमा नआउँदा खेल्न नपाउने म्याच रेफ्रिबाट आएको हो,’ दासले भने ।

दासले यदि काठमाडौंले रिलिज गरेको खण्डमा आफूहरुले वहाँहरुलाई खेल्नबाट रोक्न नपाइने बताए । आधिकारिक फुकुवा पत्र नआउँदासम्म खेल्न दिन नमिल्ने उनले प्रष्ट पारे ।

अलराउन्डर सोनु तामाङले बागमती प्रदेशको टोलीमा स्थान बनाउन काठमाडौंबाट जिल्ला छनोट खेलेका थिए । तर उनले बागमती प्रदेशको अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । बागमतीको टोलीमा नपरेका सोनुलाई आर्मीले टोलीमा लिएको थियो । तीव्र गतिका बलर करण केसी र विकेटकिपर राजु रिजालले आर्मी छाडेपछि दुई खेलाडी थपेको थियो ।

आर्मीले यस प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका मध्यगतिका बलिङ अलराउन्डर तुलबहादुर थापा र सोनु तामाङलाई टोलीमा समेटेको थियो । तर सोनुले फुकुवा पत्र नल्याउँदा खेल्न पाएनन् । आर्मीले खेल सुरु भएको पाँचौं ओभरमा खेलाडी परिवर्तन गर्न खोजेको थियो । तर विपक्षी कप्तानको अनुमति विना खेलाडी परिवर्तन गर्न नमिल्ने हुँदा खेलले १० जनामै निरन्तरता पाएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.