default_image

4 years ago

January 11, 2022

करणको उत्कृष्ट बलिङसँगै पुलिसलाई मध्यम लक्ष्य

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको उत्कृष्ट बलिङसँगै प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आर्मी १९.५ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोद भण्डारीले ३६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । ओपनर सोमपाल कामीले ३५ बलमा ६ चौकासहित ४२ रन जोडे ।

ओपनर सोमपाल कामी र हरि चौहानले २.२ ओभरमा १५ रन जोड्दै सुरुवात गरेका थिए । हरि करण केसीको बलमा अनिल शाहबाट १२ रनमा क्याच आउट गराए । आरिफ शेखको बलमा रोहित कुमार पौडेल एक रनमा विकेटकिपर दीलिप नाथबाट क्याच गराए ।

कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा क्याच आउट भए । कुशल दीपेन्द्रसिंह ऐरीको ठूलो सट खेल्नेक्रममा करणबाट क्याच गराए । तल्लोक्रममा राजेश पुलामी मगर ५, तुलबहादुर थापा शून्य, विक्रम सोब १, साहब आलम २ र सुशान भारी १२ रनमा आउट भए ।

पुलिसका करण केसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । योगेन्द्रसिंह कार्कीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३.५ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.