4 years ago
January 11, 2022
एजेन्सी – ओपनर टम लाथमको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई १ सय १७ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले ५२१–६ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका कप्तान तथा ओपनर टम लाथमले ३ सय ७३ बलमा ३४ चौका र २ छक्कासहित २ सय ५२ रनको दोहोरो शतकीय इनिङ खेले ।
उनको करिअरको दोस्रो दोहोरो शतक हो । डेभन कन्वेले १ सय ६६ बलमा १२ चौका र १ छक्का सहित १ सय ९ रनको शतकीय इनिङ खेले । कन्वेको टेस्ट करिअरको तेस्रो शतक हो । दोस्रो विकेटका लागि लाथम र कन्वेले २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए ।
पहिलो विकेटका लागि लाथम र विल योंगले १ सय ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । शोरिफुल इस्लामको बलमा योंग ५४ रनमा क्याच भएका थिए । लाथमलाई मोमिनुल हकले याशिर अलीबाट क्याच गराए । कन्वे रन आउट भएका थिए । टेस्ट करिअरको अन्तिम खेल खेलका रस टेलरले २८ रनमा आउट भए । विकेटकिपर टम ब्लन्डेल ६० बलमा ८ चौकासहित ५७ रन जोडे । बंगलादेशका शोरिफु ईस्लाम र इबादोत हसनले २–२ विकेट लिए ।

बंगलादेश पहिलो इनिङमा १ सय २६ रनमा अल आउट भएको थियो । बंगलादेशका याशिर अलीले ९५ बलमा ७ चौकासहित ५५ रन बनाए । नुरुल हसनले ६२ बलमा ६ चौकासहित ४१ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट लिए । टिम साउथीले ३ र काइल जेमिसनले २ विकेट लिए ।
पहिलो इनिङमा ३ सय ९५ रनले पछि परेपछि फलोअनमा परेको बंगलादेश दोस्रो इनिङमा २ सय ७८ रनमा अल आउट भयो । बंगलादेशका लिटन दासले १ सय १४ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक १ सय २ रन बनाए । नुरुल हसन ३६, मोमिनुल हक ३७, नाज्मुल हसन सान्टो २९ रनमा आउ भए ।
न्युजिल्यान्डका काइल जेमिसनले ४ र निल वाग्ररले ३ विकेट लिए । पहिलो टेस्टमा बंगलादेश ८ विकेटले विजयी भएको थियो । जुन बंगलादेशको टेस्ट इतिहासमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको थियो । दुबै टेस्टमा शतक प्रहार गरेका डेभन कन्वे प्लेयर अफ द सिरिज र दोहोरो शतक प्रहार गरेका लाथम प्लेयर अफ द म्याच चुनिए
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]