default_image

4 years ago

January 11, 2022

चनाराको उत्कृष्ट बलिङसँगै कर्णालीको पहिलो जित

376 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर अनुज चनाराको उत्कृष्ट बलिङसँगै कर्णाली प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित निकालेको छ ।

१ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश एक १७.१ ओभरमा ८९ रनमा अल आउट भयो । प्रदेश एकका फिर्दोस अन्सारीले २६ बलमा १ चौकासहित २३ रन बनाए । कप्तान सिद्धान्त लोहनी १४, दीपेश कंँडेल र श्रवण यादवले १५–१५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका तीव्र गतिका बलर अनुज चनाराले ३.४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । दीवान पुनले २, दीनेध अधिकारी, प्रकाश जैशी र अनुप कँवरले १–१ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन बनायो । कर्णालीका ओपनर तथा कप्तान रविन्द्रजंग शाहीले ४१ बलमा ४ चौकासहित सर्वाधिक २६ रन बनाए । प्रकाश जैशीले २८ बलमा २ चौकासहित २५, राज शाह १५ र विपिन रावलले ११ रन बनाए ।

प्रदेश एकका मुकुन्द यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । फिर्दोस अन्सारीले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । कमल खत्री र सिद्धान्त लोहनीले १–१ विकेट लिए ।

कर्णाली पहिलो खेलमा आर्मीसँग ६३ रनले पराजित भएको थियो । कर्णाली समूह ए मा २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । समूह ए मा नेपाल पुलिस क्लब २ खेलमा ४ अंकका साथ शीर्ष र समान खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । कर्णालीले बिहीबार सुदूरपश्चिमसँग टियुमा खेल्नेछ । प्रदेश एकले सोहि दिन मुलपानीमा आर्मीसँग खेल्नेछ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.