default_image

4 years ago

January 11, 2022

बमको विष्फोटक ब्याटिङ

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याटर लोकेश बमले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध विष्फोटक ब्याटिङ गरेका छन् । १ सय २६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा एपिएफले ८ ओभरमा २ विकेट गुमाउँदै ७५ रन बनाएको छ ।

लोकेशले २४ बलमा १० चौका र १ छक्कासहित ५० रनमा क्याच आउट भए । लोकेशले सुवास खत्रीको सातौं ओभरको तेस्रो बलमा एक रन बटुल्दै २१ बलमा अर्धशतक पूरा गरेका थिए । आसिफ शेख ५ बलमा ३ चौकासहित १२ रनमा क्याच आउट भए ।

लोकेशले चौथो ओभरमा तीव्र गतिका बलर रामनरेश गिरीलाई एकै ओभरमा पाँच चौका र एक छक्का गरि कुल २६ रन जोडेका थिए । चौथो बलमा छक्का प्रहार गरेका लोकेशले अन्य सबै बलमा चौका प्रहार गरे । तीव्र गतिका बलर प्रतिश जि.सी.को बलमा ठूलो शट खेल्नेक्रममा लोकेश आदिल खानबाट लङअनमा क्याच आउट भए ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । बागमती प्रदेशका ओपनर ईशान पान्डेले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । नन्दन यादवले १६ बलमा ३ चौका र १ छक्कासहित तल्लोक्रममा २४ रन जोडेका थिए ।

ओपनर सुवास खकुरेल १८ बलमा ३ चौका सहित २१ र कप्तान ज्ञानेन्द्र मल्ल ४ बलमा १ छक्कासहित ६ रनमा आउट भए । २० बल खेलेका सुमन सुनवार ७, विपिन आचार्य ५ र रिजन ढकाल ६ रनमा आउट भए ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । किशोर महतो र भुवन कार्कीले १–१ विकेट लिए ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.