4 years ago
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका युवा ओपनर अर्जुन कुमाल प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताम प्रदेश दुईसँग पराजित भएपनि प्लेयर अफ द म्याच चुनिएका छन् । मुलपानीमा भएको खेलमा गण्डकी प्रदेश दुई सँग २ विकेटले पराजित भएको थियो ।

१ सय १७ रनको विजयी लक्ष्य प्रदेश दुईले १८.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश दुईको जितमा कप्तान हासिम अन्सारीले २७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । ओपनर सन्तोष कार्कीले २१ बलमा २ चौका र २ छक्कासहित २३ रनमा आउट सवास भण्डारीको बलमा कटएण्ड बोल्ड आउट भएका थिए ।
१८ बल खेलेका अर्का ओपनर हरिशंकर शाहले १ छक्का सहित १२ रन बनाए । प्रदेश दुईको मध्यक्रम नचल्दा संघर्ष गरेको थियो । मध्यक्रमका महबुब आलम गोल्डेन डक, हरिकृष्ण झा १७, आदिल आलम १, विवेक यादव १० र विशाल शुश्लिङले ३ रन बनाए । गण्डकीका कृष्ण पौडेलले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । विशाल पौडेल र सुवास भण्डारीले २–२ विकेट लिए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो । गण्डकीका युवा ओपनर अर्जुन कुमालले ३९ बलमा ६ चौकासहित सर्वाधिक ४१ रन बनाए । अर्जुन १८ औं ओभरको अन्तिम बलमा रन आउट भएका थिए । टोली पराजित भए पनि उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।
मध्यक्रमका सन्दीप क्षेत्रीले २४ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडेका थिए । अनिल गुरुङ १०, विधान श्रेष्ठ ५, अभिषेक बस्नेत ३ र विपिन क्षेत्री १० रनमा आउट भए । प्रदेश दुईका आदिल आलमले सर्वाधिक दुई विकेट लिए । विवेक यादव, हरिशंकर शाह र जितेन्द्र यादवले एक एक विकेट लिए ।
प्रदेश दुई पहिलो खेलमा एपिएफसँग २४ रनले पराजित भएको थियो । अव प्रदेश दुईले विहीबार टियु मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ । समूह बी मा एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । बागमती समान खेलमा एकमा हार र एकमा जितका साथ २ अंक जोड्दै दोस्रो स्थानमा छ । २ खेलमा १ मा जित र १ मा हार सहित प्रदेश २ तेस्रो स्थानमा छ । गण्डकीले आफ्नो दोस्रो खेल विहीबार एपिएफसँग मुलपानीमानै खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]