default_image

2 years ago

January 13, 2022

शेरको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको पहिलो जित

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान तथा स्पिनर शेर मल्लको उत्कृष्ट बलिङको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित हात पारेको छ । सुदूरपश्चिम प्रदेशले विहीबार कर्णाली प्रदेशलाई ४७ रनले हराउँदै सेमिफाइनल सम्भावना कामयै राखेको छ ।

१ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १९.१ ओभरमा १ सय ६ रनमा अल आउट भयो । कर्णालीका कप्तान रविन्द्रजंग शाहीले ४३ बलमा ४ चौकासहित सर्वाधिक ३५ रनको योगदान दिए । अर्जुृन घर्तीले २४ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अर्जुन ११ औं ओभरको अन्तिम बलमा रन आउट भएका थिए ।

कर्णालीका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका शेर मल्लले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । नियमित कप्तान सन्तोष भट्टको स्थानमा शेरले टोलीको नेतृत्व गरेका थिए । तीव्र गतिका बलर हेमन्त धामीले २, विकाश आग्री, आदित्य महता र गजेन्द्र बोहराले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । सुदूरपश्चिमका अर्जुन साउदले २३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । वसन्त कार्कीले १७ बलमा ३ छक्कासहित २८ रनमा बोल्ड आउट भए । दीपक बोहरा २४ र खडक बोहरा २२ रनमा आउट भएका थिए । गजेन्द्र बोहरा ८, दीपक टमटा २, शेर मल्ल ७, हेमन्त धामी १० र नारायण जोशीले २ रन बनाए ।

कर्णाली प्रदेशका प्रकाश जैशीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । रविन्द्रजंग शाही र दीवान पुनले २–२ विकेट लिए । सुदूरपश्चिम पहिलो खेलमा पुलिससँग २ रनले पराजित भएको थियो । सुदूरपश्चिमले शुक्रबार मुलपानीमा आर्मीसँग खेल्नेछ । सेमिफाइनल खेल्ने सम्भावना कायमै राख्न सुदूरलाई उक्त खेल जित्नु पर्ने हुन्छ ।

कर्णाली पहिलो खेलमा आर्मीसँग ६३ रनले पराजित भएको थियो । दोस्रो खेलमा कर्णालीले प्रदेश १ लाई ३१ रनले हराएको हराएको थियो । कर्णालीले टियुमा शुक्रबार पुलिसँग खेल्नेछ । उत मुलपानीमा प्रदेश १ र त्रिभुवन आर्मी क्लबबीचको खेल झिजेको आउटफिल्डको कारण खेल हुन नसक्दा १–१ अंक बाँडेका छन् ।


समूह ए मा पुलिस २ खेलमा ४ अंकका साथ शीर्ष स्थनमा छ । आर्मी ३ खेलमा १ मा जित र १ मा हार सहित ३ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम २ खेलमा समान १ खेलमा हार र जितका साथ तेस्रो स्थानमा छ । कर्णाली ३ खेलमा २ अंकका साथ चौथो र प्रदेश एक २ खेलमा १ अंकका साथ पुछारमा छ ।

समूह बी मा भने एपिएफ २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । बागमती र प्रदेश दुई २–२ खेलमा समान २–२ अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । गण्डकी र लुम्बिनी एक एक खेलमा अंक विहीन हुँदै चौथो र पाँचौं स्थानमा छन् ।

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

Success

Thank you for your time.