default_image

4 years ago

January 13, 2022

अनिलको घातक बलिङसँगै लुम्बिनीको पहिलो जित

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर अनिल खरेलको घातक बलिङसँगै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिताम प्रदेश २ माथि सानदार जित हात पारेको छ । विहीबार लुम्बिनी प्रदेशले प्रदेश २ लाई ४२ रनले हराएको छ ।

१ सय ६२ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन बनायो । प्रदेश २ का विवेक यादवले २४ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ३६ रनमा अविजित रहे । बलिङ गर्नेक्रममा घाइते भएपछि अस्पताल गएर फर्किएका विवेकले १० औं नम्बरमा ब्याटिङ गर्दै आक्रामक इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

ओपनर सन्तोष कार्कीले १३ बलमा १ चौका र १ सहित १४ रन बनाए । हरिशंकर शाहलाई स्पिनर अनिल खरेलले बशिर अहमदबाट तीन रनमा क्याच गराए । अनिलले नै यसै ओभरको अन्तिम बलमा सन्तोष कार्कीलाई बोल्ड आउट गरे । विशाल शुश्लिङलाई अनिल खरेलले शून्यमा बोल्ड गर्दै ५ ओभरमा २८–३ को कमजोर अवस्थामा पुर्याए । कृष्ण कार्कीले हासिम अन्सारीलाई शून्यामा सौरभ खनालबाट क्याच गराए ।

प्रदेश २ लाई त्यसपछि आदिल अन्सारी अन्तिम आशाको क्रममा थिए । अनिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर १३ रनमा कट एण्ड बोल्ड आउट भएपछि प्रदेश २ को सम्भावना सकिएको थियो । आदिलले ८ बलमा २ छक्का प्रहार गरे । रुपेश सिंह १३ रनमा रन आउट भए । अनिल खरेलले ४ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ५ विकेट लिए । कृष्ण कार्की, सिद्धान्त शाही र बशिर अहमदले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । लुम्बिनीका ओपनर देव खनालले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रनको योगदान दिए ।

ओपनर सौरभ खनाललाई हरिशंकर शाहले १० रनमा एलबीडब्लू आउट गरेका थिए । सुशान्त थापा १४ बलमा १ चौका र १ छक्कासहित १४ रनमा मोहम्मद आदिल अन्सारीको बलमा एलबीडब्लू आउट भए ।

सन्दीप रजाली १८ बलमा २ चौका र १ छक्कासहित ३० रनमा क्याच आउट भए । ३७ बल खेलेका बशिर अहमदले १ चौका सहित ३० रनमा क्याच भए । कृष्ण कार्की १, विक्रम भुषाल ५, दुर्गेश गुप्ता, मोहन क्षेत्री र सिद्धान्त शाहीले खाता खोल्न सकेनन् ।

प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २–२ विकेट लिए । हरिशंकर शाह, महबुब आलम र विशाल शुश्लिङ १–१ विकेट लिए । पहिलो खेलमा प्रदेश २ एपिएफसँग २४ रनले पराजित भएको थियो । दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ रनले हराएको थियो । प्रदेश २ ले अन्तिम खेल शुक्रबार बागमतीसँग खेल्नेछ । लुम्बिनी पहिलो खेलमा बागमतीसँग ४९ रनले पराजित भएको थियो । लुम्बिनीले शुक्रबार मुलपानीमा एपिएफसँग खेल्नेछ । लुम्बिनीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न एपिएफलाई हराउनै पर्ने हुन्छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.