default_image

4 years ago

January 13, 2022

एपिएफलाई किशोरले हारबाट बचाए

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभगीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशमाथि दुई रनको रोमान्चक जित हात पारेको छ । लगातार तेस्रो जितका साथ शीर्ष स्थानमा रहँदै एपिएफ सेमिफाइनल नजिक पुगेको छ ।

९३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९० रन मात्र बनानउ सक्यो । गण्डकीलाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर तीव्र गतिका बलर किशोर महतोले तीन रन खर्चेर दुई विकेट लिँदै एपिएफलाई अप्रत्याशित हारबाट जोगाएका थिए ।

महतोले अन्तिम ओभरको पहिलो बल विधान श्रेष्ठलाई डट राख्दा दोस्रो बलमा प्रदीप ऐरीबाट क्याच गराए । तेस्रो बल कृष्ण पौडेललाई डट राख्दा चौथो बलमा एक रन खर्चिए । पाँचौं बलमा दुई रन लिनेक्रममा विशाल पौडेल ६ रनमा रन आउट भए । अन्तिम बलमा महतोले एक रन दिँदै जित पक्का गराए ।

गण्डकीका कप्तान विपिन खत्रीले ३९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । विकेटकिपर विधान श्रेष्ठले ४९ बलमा १ चौकासहित २९ रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एपिएफका तीव्र गतिका बलर कमलसिंह ऐरीले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । किशोर महतोले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मुलपानीमा टस जितेर ब्याटिङ रोज्दै १८.४ ओभरमा ९२ रनमा अल आउट भयो । ओपनर प्रदीप ऐरीले २९ बलमा १ चौकासहित सर्वाधिक १७ रन बनाए । दीपक बोहराले डेब्यू गर्दै १० बलमा २ छक्कासहित १५ रन बनाए । आसिफ शेख १६, लोकेश बम २, शरद भेषावकर ९, सन्दीप जोरा १०, सुमित महर्जन १२, कमलसिंह ऐरी शून्य र अमरसिंह राउटेलाले ३ रन बनाए ।

गण्डकी प्रदेशका स्पिनर कमल परियारले ३.४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विशाल पौडेलले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिए । चन्द्र पौडेल, कृष्ण पौडेल र सुवास भण्डारीले १–१ विकेट लिए ।

गण्डकी पहिलो खेलमा प्रदेश २ सँग २ विकेटले पराजित भएको थियो । गण्डकीले टियुम शनिबार बागमतीसँग खेल्नेछ । एपिएफले पहिलो खेलमा प्रदेश २ लाई २४ रनले हराएको थियो । दोस्रो खेलमा बागमती प्रदेशलाई ७ विकेटले हराएको थियो । एपिएफले शुक्रबार मुलपानीमै लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । बागमती र लुम्बिनीको समान २ खेलमा १ मा जित र १ मा हार सहित नेटरनेटका कारण क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । प्रदेश २ ले ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो र गण्डकी दुबै खेलम हारका साथ पुछारमा छ ।
समूह ए मा पुलिस २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । त्रिभुवन आर्मी क्लब ३ खेलमा १ मा जित र १ मा हार सहित ३ अंकका साथ दोस्रो स्थानमा छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.