default_image

4 years ago

January 13, 2022

भारतसँग निर्णायक खेलमा दक्षिण अफ्रिका जिततर्फ अग्रसर

211 views

0 Bookmark

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिका भारतसँग तेस्रो तथा निर्णायक टेस्ट खेलमा जिततर्फ अग्रसर भएको छ । मध्यम विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९.४ ओभरमा १०१-२ को बलियो अवस्थामा छ ।

दक्षिण अफ्रिकालाई जितको लागि अव १ सय ११ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । भारतलाई खेल जित्न जादुमय बलिङको आवश्यक पर्नेछ । दक्षिण अफ्रिका किगन पिटरसन ६१ बलमा ७ चौकासहित ४८ रनमा अविजित छन् । दिनको अन्तिम समयमा कप्तान डिन एल्गर ३० रनमा क्याच आउट भए ।

तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एल्गर ऋषभ पन्तबाट क्याच आउट भएका थिए । ९६ बलमा ३ चौका प्रहार गरे । ओपनर एडेन माक्ररम २२ बलमा ४ चौकासहित १६ रनमा लोकेश राहुलबाट क्याच भए । दोस्रो विकेटका लागि एल्गर र पिटरसनले ७८ रनको साझेदारी गरेपछि घरेलु टोली दक्षिण अफ्रिकाले मजबुत सुरुवात गरेको थियो । भारतका मोहम्मद शामी र जस्प्रित बुमराहले १–१ विकेट लिए ।

त्यसअघि भारत दोस्रो इनिङमा ६७.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ३९ बलमा ६ चौका र ४ छक्कासहित १ सय रनमा अविजित रहे । पन्तको यो टेस्ट करिअरको चौथो शतक हो । विराट कोहली १ सय ४३ बलमा ४ चौकसहित २९ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लोकेश राहुल १०, मयंक अग्रवाल ७, चेतेश्वर पुजरा ९, अजिंक्या रहाणे १, रविचन्द्रन आश्विन ७ र शार्दुल ठाकुर ५ रनमा आउट भए । दक्षिण अफ्रिका मार्को ज्यानसनले सर्वाधिक ४ विकेट लिए । कागिसो रबाडा र लुन्गी एनगिडीले ३–३ विकेट लिए ।

त्यसअघि घरेल टोली दक्षिण अफ्रिका पहिलो इनिङमा ७६.३ ओभरमा २ सय १० रनमा अल आउट भएपछि १३ रनले पछि परेको थियो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर किगन पिटरसनले १ सय ६६ बलमा ९ चौकासहित सर्वाधिक ७२ रनको योगदान दिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर डिन एल्गर र एडेन मारक्रमलाई जस्प्रित बुमराहले क्रमश ३ र ८ रनमा आउट गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिए ।

केशव महाराज ४५ बलमा ४ चौकासहित २५ रनमा उमेश यादवको बलमा बोल्ड आउट भए । एक समय ४५–३ को अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई चौथो विकेटका लागि पिटरसन र रास्सी भान डर डुसेनले ६७ रनको साझेदारी गर्दै सम्हाल्लेका थिए । उमेशले डुसेनलाई कोहलीबाट २१ रनमा क्याच गराएपछि अन्य ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । टेम्बा बभुमा ५२ बलमा ३ चौका सहित २८ रनमा मोहम्मद शामीको बलमा आउट भए ।

तल्लोक्रमका मार्को ज्यानसन ७, कागिसो रबाडा १५ र डुआने ओलिभियरले १० रनको योगदान दिए । भारतका जस्प्रित बुमराहले २३.३ ओभरमा ८ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । उमेश यादव र मोहम्मद शामीले २-२ विकेट लिए । शार्दुल ठाकुरको नाममा १ विकेट रह्यो ।

त्यसअघि पहिलो दिन केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन नै ७७.३ ओभरमा २ सय २३ रनमा अल आउट भएको थियो । भारतका विराट कोहलीले २ सय १ बलमा १२ बलमा १ छक्कासहित सहित सर्वाधिक ७९ रनको योगदान दिए ।

तेस्रो विकेटका लागि चेतेश्वर पुजारा र कोहलीले ६२ रनको साझेदारी गरेका थिए । पुजारा मार्को ज्यानसनको बलमा ४३ रनमा क्याच आउट भए । ७७ बल खेलेका पुजाराले ७ चौका प्रहार गरे । भारतले ओपनर लोकेश राहुल १२ र मयंक अग्रवाललाई १५ रनमा गुमाएको थियो ।

अजिंक्या रहणे ९, ऋषभ पन्त २७, रविचन्द्रन आश्विन २, शार्दुल ठाकुर १२ र जस्प्रित बुमराह शून्यमा आउट भएपछि कोहली पूरा दबाबमा परेका थिए । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले ४ विकेट लिए । मार्को ज्यानसनले ३, डुआने ओलिभियर, लुन्गी एनगिडी र केशव महाराजले १–१ विकेट लिए ।

तीन टेस्ट खेलको सिरिज १–१ को अवस्थामा छ । पहिलो खेलमा १ सय १३ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.