default_image

4 years ago

January 14, 2022

कप्तान सन्दीपको टि २० मा १ सय ५० विकेट पूरा

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले टि २० क्रिकेटमा आफ्नो ऐतिहासिक १ सय ५० विकेट पूरा गरेका छन् । सन्दीपले बिहीबार अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै सिड्नी थन्डरविरुद्ध दुई विकेट लिएसँगै टि२० क्रिकेटमा १ सय ५० विकेट पूरा गरेका हुन् ।

सन्दीपले यस उपलब्धी राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगबाट गरि हात पारेका हुन् । सन्दीप टि२० क्रिकेटमा १ सयमाथि विकेट लिने नेपालको एक मात्र खेलाडी हुन् । सन्दीपले १ सय ५० विकेट १ सय १३ टि२० खेलमा पूरा गरेका हुन् । सन्दीपले १ सय टि२० विकेट ७५ खेलमा पूरा गरेका थिए ।

राष्ट्रिय टोलीबाट खेलेको अन्तर्राष्ट्रिय टि२० आई खेल र टेस्ट टोलीको बोर्डले आयोजना गर्ने फ्रेन्चाइज लिगलाई टि२० क्रिकेटको मान्यता हुने गर्दछ । टि२० आई भने आइसिसीले मान्यता दिएको अन्तर्राष्ट्रिय खेलमा मात्र हुनेछ । सन्दीपले टि२० आईमा भने २६ खेलमा ४७ विकेट लिएका छन् । टि२० आईका सबै विकेटहरु टि२० मा स्वत मानिन्छ ।

सन्दीप लामिछाने

सन्दीपले नेपालसँगै फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिग, बिग ब्यास लिग लगायतका खेलेका छन् । टि२० क्रिकेटमा नेपालबाट सन्दीपपछि स्पिनर बसन्त रेग्मीले ४० खेलमा ५३ विकेट लिएका थिए । अन्य कुनैपनि खेलाडीले ५० माथि विकेट लिन सकेका छैनन् ।


सन्दीपले टि२० क्रिकेटमा २०१८ मे १२ मा आइपिएलमा तत्कालिन दिल्ली डियर डेभिल्स (दिल्ली क्यापिटल्स) बाट रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध दिल्लीमा डेब्यू गरेका थिए । टि२० आईमा भने सन्दीपले नेपालबाट नभएर विश्व–११ बाट वेस्टइन्डिजविरुद्ध लर्ड्समा मे ३१ मा डेब्यू गरेका थिए ।

सन्दीपले हालसम्म टी ट्वान्टीमा लिएका विकेट :

इन्डियन प्रिमियर लिग (आईपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट

क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट

अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट

बिग ब्यास लिग २०१८/१९ (८ खेल) – ११ विकेट

बंगलादेश प्रिमियर लिग २०१८/१९ (६ खेल) – ४ विकेट

पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट

आईपीएल २०१९ (६ खेल) – ८ विकेट

क्वारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट

बिग ब्यास लिग (२०१९/२०  (१३ खेल)  –  १५ विकेट

क्यारेवियन प्रिमियर लिग २०२० ( ११ खेल) – १२ विकेट

बिग ब्यास लिग २०२०/२१ (८ खेलमा) – ८ विकेट

नेपाली राष्ट्रिय टोलीबाट टि ट्वान्टी आई (१ सय १३ खेल) – ४७ विकेट

बिग ब्यास लिग २०२१/ २२ ( हालसम्म १२ खेल) – १२ विकेट

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.