default_image

4 years ago

January 14, 2022

कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा पुलिसको कीर्तिमानी योगफल

247 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २ सय ४५ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।


टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनायो । यो नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय टि २० खेलमा हालसम्मकै उच्च योगफल हो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाए । कुशल कप्तान रविन्द्रजंग शाहीको १३ औं ओभरको ठूलो सट खेल्नेक्रममा लङअफमा दीनेश अधिकारीबाट क्याच भएपछि शतकको अवसरबाट चुकेका थिए ।

दीपेन्द्रले २८ बलमा ९ चौका र २ छक्कासहित ६२ रनमा प्रकाश जैशीबाट क्याच आउट भए । दीपेन्द्र १५ औं ओभरको दोस्रो बलमा मिडविकेटमा लङअनमा क्याच भए । दोस्रो विकेटका लागि दीपेन्द्र र कुशलले १ सय ८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । ओपनर पवन सरार्फ १३ बलमा २ चौका र २ छक्कासहित २२ रनमा आउट भए । त्यसपछि दीपेन्द्र र भुर्तेलले आक्रामक ब्याटिङका साथ विशाल योगफलको तय गरेका थिए ।

दीलिप नाथ १० बलमा १ चौका र ३ छक्कासहित ३० रनमा अविजित रहे । आरिफ शेख १८ रनमा अविजित रहे । मञ्जित श्रेष्ठ १९, अनिल शाह ३ र करण केसी ४ रन आउट भए ।

कर्णालीका रविन्द्रजंग शाही, अनुज चनारा र प्रकाश जैशीले २–२ विकेट लिए ।चनाराले ४ ओभरमा ६७ रन खर्चेका थिए । नेपालको टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च योगफल २ सय ३८ रन नेदरल्यान्ड्सविरुद्ध छ । राष्ट्रिय टि२० प्रतियोगितामा पनि यो हालसम्मकै उत्कृष्ट योगफल मानिएको छ । घरेलु क्रिकेटको भने आधिकारी प्रमाण भने छैन ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.