4 years ago
January 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लगातार तेस्रो जितका साथ प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । पुलिसले शुक्रबार कर्णाली प्रदेशलाई ८९ रनले हराउँदै समूह ए बाट एक खेल अगावै विजेता रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

२ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । कर्णालीका प्रकाश जैशीले ४७ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । कप्तान रविन्द्रजंग शाहीले ९ बलमा ४ चौकासहित १७ रनमा आउट भए । मनिश थापा १५, विपिन रावल १० र दीनेश अधिकारीले १५ रन बनाए ।
पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । करण केसी, गुलशन झा, पवन सरार्फ र कुशल भुर्तेलले १(१ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको थियो । यो नेपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय टि २० खेलमा हालसम्मकै उच्च योगफल हो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ३९ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ८२ रन बनाए । कुशल कप्तान रविन्द्रजंग शाहीको १३ औं ओभरको ठूलो सट खेल्नेक्रममा लङअफमा दीनेश अधिकारीबाट क्याच भएपछि शतकको अवसरबाट चुकेका थिए ।
दीपेन्द्रले २८ बलमा ९ चौका र २ छक्कासहित ६२ रनमा प्रकाश जैशीबाट क्याच आउट भए । दीपेन्द्र १५ औं ओभरको दोस्रो बलमा मिडविकेटमा लङअनमा क्याच भए । दोस्रो विकेटका लागि दीपेन्द्र र कुशलले १ सय ८ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए । ओपनर पवन सरार्फ १३ बलमा २ चौका र २ छक्कासहित २२ रनमा आउट भए । त्यसपछि दीपेन्द्र र भुर्तेलले आक्रामक ब्याटिङका साथ विशाल योगफलको तय गरेका थिए ।
दीलिप नाथ १० बलमा १ चौका र ३ छक्कासहित ३० रनमा अविजित रहे । आरिफ शेख १८ रनमा अविजित रहे । मञ्जित श्रेष्ठ १९, अनिल शाह ३ र करण केसी ४ रन आउट भए ।

कर्णालीका रविन्द्रजंग शाही, अनुज चनारा र प्रकाश जैशीले २–२ विकेट लिए ।चनाराले ४ ओभरमा ६७ रन खर्चेका थिए । नेपालको टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च योगफल २ सय ३८ रन नेदरल्यान्ड्सविरुद्ध छ । राष्ट्रिय टि२० प्रतियोगितामा पनि यो हालसम्मकै उत्कृष्ट योगफल मानिएको छ । घरेलु क्रिकेटको भने आधिकारी प्रमाण भने छैन ।
पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई दुई रन र आर्मीलाई ४ विकेटले हराएको थियो । पुलिसले शनिबार समूह चरणको अन्तिम खेलमा टियु मैदानमा प्रदेश १ सँग खेल्नेछ । पुलिस ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । पुलिस अन्तिम खेलमा पराजित भएपनि ६ अंकका समूह ए को विजेता बन्ने पक्का भएको छ । समूह ए मा अव त्रिभुवन आर्मी क्लब र प्रदेश १ मध्य एक टोली सेमिफाइनलमा पुग्नेछन् । यी दुई मध्य एक टोली ५ अंकका साथ सेमिफाइनल पुग्ने छ ।

आर्मी आफ्नो समूह चरणका सबै खेल खेल्दै ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंक जोड्दै दोस्रो स्थानमा छ । प्रदेश १ ले २ खेलमा १ अंकका साथ पुछारमा छ । प्रदेश १ ले अव सुदूरपश्चिम र पुलिससँग खेल्न बाँकी छ । यी दुबै खेलमा प्रदेश १ ले फराकिलो जित निकालेको खण्डमा नेटरनरेटका साथ आर्मीलाई पछि पार्दै सेमिफाइनल खेल्ने सम्भावना छ । एक खेलमा पराजित वा अंक बाँडेपनि आर्मी सेमिफाइनलमा पुग्नेछ ।
पुलिसले समूह बी को उप विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । समूह बी मा एपिएफ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । बागमती २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ दोस्रो स्थानमा छ । लुम्बिनी २ खेलमा समान नतिजाका साथ २ अंक जोड्दै तेस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]