default_image

4 years ago

January 14, 2022

आर्मीको रोमान्चक जितमा सोवको ६ विकेट

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर विक्रम सोबको ६ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिममाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ ।

रोमान्चक जितसँगै आर्मीले सेमिफाइनल सम्भावना राखेको छ । आर्मीको सेमिफाइनल सम्भावनामा प्रदेश १ को नतिजाले निर्भर रहनेछ । १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीलाई जितको लागि अन्तिम बलमा दुई रन चाहिँएको अवस्थामा स्पिनर साहब आलमले छक्का प्रहार गर्दै जित पक्का गराए । विक्रम सोब २२ बलमा १ चौका र २ छक्कासहित २९ रनमा अविजित रहे । साहब आलम ६ बलमा १२ रनमा अविजित रहे ।

आर्मीका ओपनर हरि चौहानले ३९ बलमा ४ चौकासहित सर्वाधिक ३३ रन बनाए । भीम सार्की १३, रोहित कुमार पौडेल ५, विनोद भण्डारी ३ र कुशल मल्ल ११ रनमा आउट भए । सुदूरपश्चिम प्रदेशका स्पिनर आदित्य महताले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । हेमन्त धामी, नारायण जोशी र शेर मल्लले १–१ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम २० ओभरमा १ सय १५ रनमा अल आउट भयो । सुदूरपश्चिम प्रदेशका खडक बोहराले ४२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । वसन्त कार्कीले २८ बलमा २ छक्कासहित ३४ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आर्मीका तीव्र गतिका बलर विक्रम सोबले ४ ओभरमा ८ रन खर्चेर ६ विकेट लिए । साहब आलम, कुशल मल्ल र हरि चौहानले १–१ विकेट लिए ।

समूह ए बाट पुलिस ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । आर्मी ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीको सेमिफाइनल सम्भावना प्रदेश १ को नतिजामा निर्भर रहनेछ । प्रदेश १ ले २ खेलमा १ अंक जोड्दै पुछारमा छ ।

समूह चरणमा आर्मी र प्रदेश १ ले समूह चरणमा झिजेको आउट फिल्डको कारण खेल खेल्न नसक्दा अंक बाँडेका थिए । प्रदेश १ ले शनिबार पुलिस र आइतबार सुदूरपश्चिमसँग टियुमा खेल्नेछ । प्रदेश एक ले बाँकी दुई मध्य एक खेलमा हार बेहोरेको खण्डमा आर्मी सोझैं सेमिफाइनलमा पुग्नेछ । प्रदेश १ ले दुबै खेलमा जित निकालेको खण्डमा भने नेटरनरेटमा निर्भर रहनेछ । आर्मीको नेटरनरेट ०.८८९ र प्रदेश १ को माइनस १.५५० छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.