4 years ago
January 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ । एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै अपराजित रहँदै समूह बी को विजेता रुपमा सेमिफाइनलमा पुगेको छ ।

१ सय ५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ११ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेखले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । प्रदीप ऐरी २० बलमा २ चौका र ४ छक्कासहित ३६ रनको आक्रामक इनिङ खेल्दै क्याच आउट भए । पहिलो विकेटका लागि आसिफ र प्रदीपले ६.४ ओभरमा ७४ रनको साझेदारी गर्दै जित सहज बनाए । लुम्बिनी प्रदेशका स्पिनर बशिर अहमदले २ र सिद्धान्त शाहीले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनी मुलपानी मैदानमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन बनायो । लुम्बिनीका ओपनर देव खनालले ४२ बलमा ५ चौका र १ छक्कासहित ४३ रनको योगदान दिए । सुशान्त थापा १८ र कृष्ण कार्की १३ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । एक समय ११ ओभरमा ५८–२ को अवस्थामा रहेको लुम्बिनी त्यसपछि सम्हाल्लिन नसक्दा सस्तैमा आउट भएको थियो । ओपनर सौरभ खनाल १८ बल खेल्दै ३ रनमा आउट भए ।
मध्यक्रमका सन्दीप रजाली १, विशाल विक्रम केसी ५, बशिर अहमद ३ र दुर्गेश गुप्ता शून्यमा आउट भए । एपिएफका कमलसिंह ऐरी, किशोर महतो, अभिनाश बोहरा र दीपक बोहराले २–२ विकेट लिए । शरद भेषावकरले १ विकेट लिए ।
एपिएफ समूह बी मा चार खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । एपिएफले माघ ४ गते समूह ए को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । समूह ए को उपविजेता दौडमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ दौडमा छन् । समूह ए मा पुलिस ३ खेलमा ३ मा जित सहित ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर एक खेल अगावै सेमिफाइनलमा पुगि सकेको छ । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुनेछ ।
अंक तालिका
समूह ए मा पुलिस ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा १ मा जित र २ म हार सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । कर्णाली प्रदेश ४ खेलमा १ मा जित र ३ मा हार सहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । प्रदेश १ ले २ खेलमा १ अंक जोड्दै पुछारमा छ । प्रदेश एक बाँकी दुबै खेलमा विजयी भएमा आर्मीसँग नेटरनरेटमा निर्भर रहनेछ । प्रदेश १ खेलमा पराजित भएमा वा अंक बाँडेपनि आर्मी सेमिफाइनलमा पग्नेछ ।
समूह बी मा एपिएफ ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रह्यो । बागमती, लुम्बिनी र प्रदेश २ समान २ अंकका साथ क्रमश : दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । गण्डकी २ खेलमा दुबैमा हारका साथ पुछारमा छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]