4 years ago
January 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलिङ अलराउन्डर प्रतिश जि.सी. को आक्रामक अन्त्यसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा प्रदेश २ माथि ५ विकेटको जित हात पारेको छ ।

१ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा प्रतिश ७ बलमा ३ छक्कासहित २१ रनमा अविजित रहे । जितको लागि अन्तिम १८ बलमा ३३ रन चाहिँएको थियो । प्रतिश १८ औं ओभरको पहिलो बलमा लक्की कठायत आउट भएपछि क्रिजमा आएका प्रतिशले यसै ओभरमा विवेक यादवलाई चौथो र छैटौं बलमा सानदार छक्काका साथ जिततर्फ अग्रसर बनाएका थिए ।
अन्तिम ६ बलमा ९ रन चाहिँएको अवस्थामा प्रतिशले विवेकलाई पहिलो बलमै छक्का प्रहार गर्दै जित सहज बनाए । प्रतिशले चौथो बलमा एक रन बटुल्दै खेल सकाएका थिए । नन्दन यादव १० बलमा १ चौका र १ छक्कसहित १५ रनमा अविजित रहे ।
ईशान पाण्डे ३१ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । डेब्यू खेल खेलेका लक्की २६ बलमा ४ चौकासहित २८ रनमा क्याच आउट भए । सुवास खकुरेल २०, आदिल खान ५ र ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । प्रदेश २ का जितेन्द्र यादवले सर्वाधिक २ विकेट लिए । प्रथिक यादव, हरिशंकर शाह र विवेक यादवले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश २ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ५५ रन बनाएको थियो । ओपनर हरिशंकर शाहले ५४ बलमा ५ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहे । विवेक यादव १७ बलमा १ चौका र ३ छक्कासहित २८ रनमा आउट भए । सन्तोष कार्की १० रनमा आउट भए । कप्तान हासिम अन्सारी १७ बलमा ३ छक्कासहित २६ रनमा अविजित रहे ।
बागमती प्रदेशका रिजन ढकाल र विपिन आचार्यले २–२ विकेट लिए । प्रतिश जि.सी. र सुवास खत्रीको नाममा १–१ विकेट रह्यो ।
यो जितसँगै बागमतीले सेमिफाइनल सम्भावना बलियो बनाएको छ । समूह बी मा रहेको बागमती ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । शनिबार बागमतीले टियुमा गण्डकीसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा बागमती सेमिफाइनलमा पुग्नेछ । समूह बी मा एपिएफ ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगि सकेको छ ।
मूह ए मा पुलिस ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । आर्मी ४ खेलमा २ मा जित र १ मा हार सहित ५ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा १ मा जित र २ म हार सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । कर्णाली प्रदेश ४ खेलमा १ मा जित र ३ मा हार सहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । प्रदेश १ ले २ खेलमा १ अंक जोड्दै पुछारमा छ । प्रदेश एक बाँकी दुबै खेलमा विजयी भएमा आर्मीसँग नेटरनरेटमा निर्भर रहनेछ । प्रदेश १ खेलमा पराजित भएमा वा अंक बाँडेपनि आर्मी सेमिफाइनलमा पग्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]