default_image

2 years ago

January 14, 2022

भारतमाथि सानदार जितसँगै दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो तथा निर्णायक टेस्ट खेलमा भारतलाई ७ विकेटले हराउँदै सिरिज जितेको छ । पहिलो टेस्ट गुमाएपनि त्यसपछि लगातार दुई जितसँगै तीन टेस्ट खेलको सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ । २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिन ६३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो […]

78 views

0 Bookmark

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो तथा निर्णायक टेस्ट खेलमा भारतलाई ७ विकेटले हराउँदै सिरिज जितेको छ । पहिलो टेस्ट गुमाएपनि त्यसपछि लगातार दुई जितसँगै तीन टेस्ट खेलको सिरिज दक्षिण अफ्रिकाले २-१ ले जितेको छ ।

२ सय १२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिन ६३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका किगन पिटरसनले १ सय १३ बलमा १० चौकासहित सर्वाधिक ८२ रनको इनिङ खेले । तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा पिटरसन आउट भएका थिए । पिटरसनको यो टेस्ट करिअरको उच्च प्रदर्शन हो ।


रास्सी भान डर डुसेन ९५ बलमा ३ चौकासहित ४१ रनमा अविजित रहे । टेम्बा बभुमा ५८ बलमा ५ चौकासहित ३२ रनमा अविजित रहे । तेस्रो दिनको अन्तिम समयमा कप्तान डिन एल्गर ३० रनमा क्याच आउट भएका थिए । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एल्गर ऋषभ पन्तबाट क्याच आउट भएका थिए । ९६ बलमा ३ चौका प्रहार गरे ।

ओपनर एडेन माक्ररम २२ बलमा ४ चौकासहित १६ रनमा लोकेश राहुलबाट क्याच भए । दोस्रो विकेटका लागि एल्गर र पिटरसनले ७८ रनको साझेदारी गरेपछि घरेलु टोली दक्षिण अफ्रिकाले मजबुत सुरुवात गरेको थियो ।

भारतका मोहम्मद शामी, शार्दुल ठाकुर र जस्प्रित बुमराहले १–१ विकेट लिए । त्यसअघि भारत दोस्रो इनिङमा ६७.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ३९ बलमा ६ चौका र ४ छक्कासहित १ सय रनमा अविजित रहे । पन्तको यो टेस्ट करिअरको चौथो शतक हो । विराट कोहली १ सय ४३ बलमा ४ चौकसहित २९ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । लोकेश राहुल १०, मयंक अग्रवाल ७, चेतेश्वर पुजरा ९, अजिंक्या रहाणे १, रविचन्द्रन आश्विन ७ र शार्दुल ठाकुर ५ रनमा आउट भए । दक्षिण अफ्रिका मार्को ज्यानसनले सर्वाधिक ४ विकेट लिए । कागिसो रबाडा र लुन्गी एनगिडीले ३–३ विकेट लिए ।

त्यसअघि घरेल टोली दक्षिण अफ्रिका पहिलो इनिङमा ७६.३ ओभरमा २ सय १० रनमा अल आउट भएपछि १३ रनले पछि परेको थियो । दक्षिण अफ्रिका मध्यक्रमका ब्याटर किगन पिटरसनले १ सय ६६ बलमा ९ चौकासहित सर्वाधिक ७२ रनको योगदान दिए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

केशव महाराज ४५ बलमा ४ चौकासहित २५ रनमा उमेश यादवको बलमा बोल्ड आउट भए । एक समय ४५–३ को अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई चौथो विकेटका लागि पिटरसन र रास्सी भान डर डुसेनले ६७ रनको साझेदारी गर्दै सम्हाल्लेका थिए । उमेशले डुसेनलाई कोहलीबाट २१ रनमा क्याच गराएपछि अन्य ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । टेम्बा बभुमा ५२ बलमा ३ चौका सहित २८ रनमा मोहम्मद शामीको बलमा आउट भए ।

तल्लोक्रमका मार्को ज्यानसन ७, कागिसो रबाडा १५ र डुआने ओलिभियरले १० रनको योगदान दिए । भारतका जस्प्रित बुमराहले २३।३ ओभरमा ८ मेडनसहित ४२ रन खर्चेर ५ विकेट लिए । उमेश यादव र मोहम्मद शामीले २-२ विकेट लिए ।

त्यसअघि पहिलो दिन केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन नै ७७.३ ओभरमा २ सय २३ रनमा अल आउट भएको थियो । भारतका विराट कोहलीले २ सय १ बलमा १२ बलमा १ छक्कासहित सहित सर्वाधिक ७९ रनको योगदान दिए ।

तेस्रो विकेटका लागि चेतेश्वर पुजारा र कोहलीले ६२ रनको साझेदारी गरेका थिए । पुजारा मार्को ज्यानसनको बलमा ४३ रनमा क्याच आउट भए । ७७ बल खेलेका पुजाराले ७ चौका प्रहार गरे । भारतले ओपनर लोकेश राहुल १२ र मयंक अग्रवाललाई १५ रनमा गुमाएको थियो ।

अजिंक्या रहणे ९, ऋषभ पन्त २७, रविचन्द्रन आश्विन २, शार्दुल ठाकुर १२ र जस्प्रित बुमराह शून्यमा आउट भएपछि कोहली पूरा दबाबमा परेका थिए । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले ४ विकेट लिए । मार्को ज्यानसनले ३, डुआने ओलिभियर, लुन्गी एनगिडी र केशव महाराजले १–१ विकेट लिए ।

भारत पहिलो टेस्टमा १ सय १३ रनले विजयी भएको थियो । दोस्रो टेस्टमा दक्षिण अफ्रिका ७ विकेटले विजयी भएको थियो । भारतको दक्षिण अफ्रिकामा पहिलो पटक टेस्ट सिरिज जित्ने सपना यस पटक पनि अधुरै बनेको छ । भारत र दक्षिण अफ्रिकाबीच थप तीन ओडिआई सिरिज हुनेछ । पहिलो ओडिआई १९ जनवरीमा हुनेछ ।

April 17, 2024

बटलरको शतकमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि […]

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

Success

Thank you for your time.